इटहरीमा एकै दिन थप ५ जनामा काेराेना, समुदायमा संक्रमण फैलिएकाे आशंका

इटहरी / इटहरीमा आज एकै दिन थप ५ जनामा काेराेना संक्रमण देखिएकाे छ । इटहरी ४ की २५ बर्षीया महिला, इटहरी ५ का २७ बर्षीय पुरुष र इटहरी ३ का पुरुषमा संक्रमण देखिएकाे छ । त्यस्तै इटहरी २० तरहराकाे एक कर्यालया कार्यरत दुईजनामा पनि संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेहरू २५ वर्ष उमेर देखि ३७ वर्ष उमेर समुहका रहेका बताइएकाे छ । इटहरीमा २८ जनामा कोरोना संक्रमण देखिएकाे छ भने १५ जना निको भएर घर फर्किसकेका छन् ।

इटहरीमा पछिल्लाे समय समुदायमा संक्रमण देखिन थालेकाे छ । लामाे यात्रा विवरण नभएकामा संक्रमण देखिन थाले पछि समुदायमा फैलिएकाे आशंका गर्न थालिएकाे छ । संक्रमण फैलिन नदिने उदेश्यले इटहरीमा वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन गरिएकाे छ । साथै उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाहि पुर्ण रुपमा बन्द गरिएकाे छ ।

तपाईको प्रतिक्रिया