इटहरीमा अटो दुर्घटना: एक महिलाको मृत्यु

इटहरी / इटहरीमा अटो दुर्घटना हुँदा एक महिलाकाे मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका– ३ शान्ति चौकस्थित भित्री पक्की सडकखण्डमा तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो दुर्घटना हुँदा अटोमा सवार इटहरी– ४ की ३३ वर्षीया रिया पोखरेलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार तिब्रगतिमा रहेकाे अटाे विजुलीकाे पाेलमा ठाेक्किएकाे थियाे । दुर्घटना घाइते भएकी पोखरेलको बिराटनगर अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले अटो र चालक ३१ वर्षीय पप्पु यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका चालकले तिब्रगतिमा सवारी चलाएका कारण दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया