इटहरीको पानीपिया जंगलमा युवती बलात्कार

इटहरी । सुनसरीको इटहरी २० स्थित पानीपियामा तरहराकी २० बर्षिय युवती बलात्कार भएकी छिन । पानीपिया क्षेत्रमा जगंलमा लगेर युवतीलाई इटहरी ८ गैसारका विजय राईले डर त्रास देखाई बलात्कार गरेको इलाका प्रहरी कार्यलयमा उजुरी परेको हो ।

जंगलमा लगेर बारम्बार बलात्कार गरेको भन्दै युवतीले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । राईले युवतीलाई पटक पटक बलात्कार गरेको प्रहरीमा उजुरी परेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । बलात्कार आरोप लागेको राईलाई जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…