इटहरीका व्यवसायी खनाल हाेटलमा मृत फेला

इटहरी / सुनसरीको इटहरीका जिवन खनाल धरानको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । धरान १८ स्थित यति होटलमा इटहरीका खनाल झुण्डिएर मृत अवस्थामा फेला परेका हुन । इटहरीका खनाल जग्गाकाे कारोबार गर्दै आएका थिए ।

खनाल सोमबार नै उक्त होटलमा बास बसेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाबारे थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । होटलमा जीवन खनाल भनेर नाम टिपाएर बास बसेको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…