इटहरीका थप ३ जनामा काेराेना पोजेटिभ

इटहरी / इटहरी उपमहानगरपालिकामा थप ३ जनामा काेराेना कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरपालिकाका एक सवारी चालक सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । आइतबार आएको रिर्पाेट अनुसार १ जना नगरपालिका भित्रका सवारी चालक, १ जना इटहरी प्रहरी कार्यालय भित्रका र १ जना भारत बाट आएर होम क्वारेन्टिनमा बसेका व्याक्तिमा संक्रमण देखिएकाे बताइएकाे छ ।

इटहरी उपमहानगरपालिको इन्जिनियरमा कोरोना पोजेटिभ देखीए पछि इटहरीमा विभिन्न २७२ जनाको स्वाव संकलन गरिएको थियो । संकलन गरिएकाे स्वाव वि.पि. प्रतिस्ठान धरान, प्रदेश प्रयाेगशाला विराटनगर र कोशी अस्पताल विराटनगर पठाइएकाे थियाे । प्रयाेगशालाबाट अहिले सम्म प्राप्त रिर्पाेटमा ४ जनामा संक्रमण देखिएकाे छ । एक जनामा भने हिजाे पोजेटिभ देखिएको हाे । साथै अझै केहि स्वावकाे रिर्पाेट अाउन बाँकि रहेकाे छ ।

तपाईको प्रतिक्रिया