इटहरीका कोरोना संक्रमित युवाको स्वास्थ्य परीक्षण गरेका स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ

इटहरी / इटहरी २ का कोरोना संक्रमित युवाको स्वास्थ्य परीक्षणमा सहभागी ५ जना स्वास्थ्यकर्मीहरुको रिर्पोट नेगेटिभ आएको छ । इटहरी अस्पतालका इमेरजेन्सी इन्र्चाज रामकुमार धमलाका अनुसार स्वास्थ्यकर्मीहरुकाे रिर्पोट नेगेटिभ आएको हाे । स्वाव नमुना संकलन गरीएका अन्यकाे रिर्पोट आउन बाकि रहेकाे छ ।

साथै ५ जना पत्रकारहरुको रिर्पोट पनि नेगेटिभ नै आएको उनले बताए । उनका अनुसार कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने विराटनगर स्थित प्रादेशिक प्रयोगशाला र धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणको चाप बढेकाले एकै पटक सबैको रिर्पोट नआएको हो ।

तपाईको प्रतिक्रिया