आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

बेलबारी । आर्थिक अभावका कारण उपचार गर्न नसक्दा मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ मा एकै परिवारका दिदीभाईको आँखाको ज्योति गुम्ने खतरा बढेको छ भने उनीहरु दिनप्रतिदिन शिथिल समेत बन्दै गएका छन । स्थानीय नलबहादुर धिमालका २२ बर्षिया छोरी आस्मा धिमाल र ८ बर्षका छोरा अमित धिमाल सकुशल जन्मिएपनि केही महिना पछि देखि जिउमा सेतो दुबी देखापरेको र उपचार गराउन नसक्दा यतिबेला सो दुबी शरिरभरी फैलिएको र घाउ समेत हुन थालेपछि उनीहरुले आँखाको ज्योति समेत गुमाउँदै गएका छन ।

आस्मा जन्मिएको ६ महिना र अमित जन्मिएको ३ महिनापछि उनीहरुको शरिरमा सेतो दुवी आएको बाबु नलबहादुर बताउँछन । आर्थिक अभावकै कारण उपचार गर्न सम्भव नभएको र उनीहरुलाई राम्रो हस्पिटलमा लैजान नसकेको उनले दुखेसो पोखे । ५ जना छोराछोरमिध्ये ३ जना सकुशल छन भने २ जनामा यस्तो समस्या देखिएको उनले बताए । अरुको जमिनमा खेती गरेर परिवार पाल्दै आएका धिमाल दुबै छोरीछोरीको आँखा समेत बन्द हुादै गएपछि थप चिन्तामा परेका छन । उनले उपचारका लागी सहयोगी मनहरुसँग आग्रह समेत गरेका छन ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

तपाईको प्रतिक्रिया