आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने सरकारी कर्मचारी पक्राउ

काठमाडौँ / आफ्नै छोरीलाई बलात्कार गर्ने नेपाल सरकारका एक उपसचिव तहका अधिकारी पक्राउ परेका छन् । महोत्तरी घर भइ र हाल धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको समयमा पटक–पटक बलात्कार गर्दै आएका बताइएको छ ।

१२ कक्षामा पढ्दै गरेका छोरीलाई विदेशी मुलुकमा पनि बुबा छोरीबीच यस्तो सम्बन्ध हुने गरेको उदाहरण दिँदै उनले यौन शोषण गर्दै आइरहेका थिए । उक्त कुरा पीडितकी आमालाई पनि थाहा भए पनि परिवारकै बेइज्जती हुने डरले कसैलाई भनेका थिएनन् ।

पीडितको परिचय खुल्ने भएकाले उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका उनीविरु थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Loading…