आफ्नै घरको पर्खाल भत्काएका इटहरीका मेयरले भत्काए आधा दर्जन अतिक्रमित संरचना

 

इटहरी / इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले बुधबार बिहान सडक अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर लगाएका छन् । त्यसै क्रममा मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएका छन् ।

सडक अतिक्रमण गरि बनाएका संरचनामा डाेजर चलाएपछि चौधरीले खोला अतिक्रमण गरेर बनाएका संरचना भत्काउन सुरु गरेका छन् । डोजर र नगर प्रहरी साथमा लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेका हुन्।

पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताएका छन् । केही दिनअघि उनले आफ्नै घरको पर्खाल बाटोमा परेको भन्दै डोजर लगाएर भत्काएका थिए ।

तपाईको प्रतिक्रिया

Loading…