आगलागीमा भुटानी शरणार्थीको मृत्यु

झापा / झापाको दमक नगरपालिका–३ मा रहेको भुटानी शरणार्थी शिविरमा सोमबार साँझ भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।
शिविरको सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा भएको आगलागीमा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो । एक तले झुप्रो घरमा आगलागी भए पनि बिरामी परेर घरभित्रै सुतिरहेका राईको भाग्न नसक्दा ज्यान गएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनका अनुसार राईको घटनास्थलमै ज्यान गएको हो ।

आगलागीमा परेर घरभित्र रहेको एक तोल सुन, १० तोला चाँदी, तीन लाख नगद, खाद्यान्न, लत्ताकपडा लगायत जरेर नष्ट भएको छ । प्रहरीकाअनुसन्धान घटनामा करिब आठ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । आगो स्थानीय, प्रहरी, सेना र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान थालिएको थापाले बताए ।

तपाईको प्रतिक्रिया