आगलागीबाट ३ लाख बराबरको क्षति

उदयपुर / उदयपुरको बेलका नगरपालिका-२ चन्द्रपुर टप्पुमा भएको आगलागीमा करिव ३ लाख बराबरको क्षति भएको छ । सोमबार दिउसो १:३० बजेको समयमा स्थानीय भुवन राईको घरमा अचानक विद्युतिय लाईन सर्ट भई आगलागि हुँदा निजको फुसको छाना भएको १ तले घर पूर्णरूपमा जलि नष्ट हुनुका साथै घरमा रहेको सुन र चादिका गरगहना, खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउसो ०३:०० बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा लिईएकोएको थियो भने आगलागीबाट कुनै पनी मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…