अरुण तेस्रो परियोजना स्थलमा मृत्यू भएकाे मजदुरको शव गृहजिल्ला पठाइयो, काम सुचारु

संखुवासभा / संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा मृत्यु भएका मजदुरको शव बुधबार गृह जिल्ला पठाइएको छ । कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव आज गृहजिल्ला पठाइएको हो । बुधबार आयोजनाका कर्मचारी, जिल्ला प्रशासन र राजनितिक दलका व्यक्तिहरु बैठक बसेर फिस्टेल एयरको हेलिकप्टर मार्फत शव पठाइएको हो ।

सुरुङ मार्ग अगाडी काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङगा लागेर शाहीको सोमबार साँझ मृत्यु भएको थियो । शाहीको विमा बापतको ३२ लाख रुपैंया प्राप्त हुने निर्माण कम्पनीले जनाएको छ ।

शाहीको मृत्युपछी मजदुरलाई आवश्यकता अनुसार सेफ्टीका सामग्री नदिएको र तोकिएको समय भन्दा बढी काम लगाएको भन्दै नेपाली मजदुरहरुले काम ठप्प पारेका थिए । उनीहरुले आजैबाट काम सुरु गरेको बताइएको छ । जिल्लाको दररेट अनुसार आधा स्यालरी समेत नपाएको मजदुरहरुले गुनासो गरेका छन् ।
९ सय मेघावाट विद्युत्त उत्पादन हुने उक्त जलविद्युत्त आयोजनाको भारतीय सतलज कम्पनीले काम गर्दै आइरहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया