अपडेट : उदयपुरमा ट्याक्टरको ठक्करबाट गम्भिर घाइते सशस्त्र प्रहरीका हबलदारको मृत्यु ( १० तस्विरहरू सहित)

उदयपुर / उदयपुरमा ट्याक्टरको ठक्करबाट एक युवाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ स्थित चुहाडे झोडामा लु ३ त ४४४९ नम्बरको ट्याक्टरको ठक्करबाट उदयपुरगढी गाउँपालिका ६ का ३८ वर्षिय युवा भूपु सशस्त्र प्रहरी हबलदार कालिदास भण्डारीको मृत्यु भएको हो । गाईघाटबाट चुहाडे तफै गई रहेको लु.३ च ४४४९ नम्बरको ट्याक्टरले सोही दिशा तफै गई रहेको अर्को ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरित दिशाबाट आईरहेको भण्डारी सवार लु ४९ प ४०७४ नम्बरको मोटर साइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।

ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएको भण्डारीको उपचारको क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) चन्द्रदेव राईले जानकारी दिए । मृतक भण्डारी भूतपूर्व नेपाल सशस्त्र प्रहरी बलका हबलदार हुन् । उनले केही समय अगाडी मात्रै अवकाश लिएका थिए ।

ट्याक्टर चालक रोल्पा जिल्ला सुनिल स्मृति गाउँपालिका वडा नं. ८ अडेसका वर्ष २२ को धनबहादुर मगर जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । अहिलेसम्म उदयपुर ट्याक्टर दुर्घटनामा परी ११ जनाको ज्यान गई सकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । मोटर साइकल दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।

ट्रयाक्टरको साथ साथै टिफर र ट्रकको ठक्करबाट ५ जनाको ज्यान गएको छ भने जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बस र अटो रिक्साबाट एक÷एक जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा परी ५० जना भन्दा बढी गम्भिर घाइते भएका छन भने एक सय भन्दा बढी सामान्य घाइते भएका छन् ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…