अन्यायमा परिन् शुसिला, उपमेयर लक्ष्मी गौतमको निर्देशनमा घरेलु उद्योग बन्द

इटहरी / सुनसरीकाे इटहरीमा एउटा घरेलु उद्योगलाई इटहरी उप महानगरपालिकाले बन्द गराएको छ । इटहरी ८ स्थीत हाम्रो टोलकाे ७ नम्बर गेट छेउमा वि स २०७० साल बाट सञ्चालनमा रहेको गायत्री फुड्स घरेलु उद्योग उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको निर्देशनमा बन्द भएको छ ।

सुशीला अधिकारले विगत ६ वर्ष देखि सञ्चालन गर्दै आएको उक्त उद्योग आइतबार बाट पूर्ण रूपमा बन्द भएको छ । स्थानीय र हाम्रो टोल विकास संस्थाले वातावरण प्रदुषण भएको तथा विभिन्न रोगको सङ्क्रमण देखिएको भन्दै उप महानगरपालिकालाइ उद्योग बन्द गराउन आग्रह गरेका थिए । उनीहरूको आग्रहको सम्बाेधन गर्दै उद्याेग बन्द गराएकी उपमेयरले सुशीलाको हकमा भने अन्याय गरेकी छिन् । स्थानीय सरकारबाट साना तथा घरेलु उद्योगको प्रवर्धन र विकास गर्नु पर्नेमा उप मेयरको निर्देशनमा यस्ता प्रकृतिका उद्योग बन्द हुनु गैर जिम्मेवार पन भएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

२०७० साल बाट हाम्रो टोलमा सञ्चालित उद्योगले साेन पापरिकाे उत्पादन गरिरहेको सञ्चालक अधिकारीले बताइन् । मापदण्ड पुरा गरेर सञ्चालन गर्दा समेत विभिन्न आरोप लगाउनु गलत भएको उनको भनाइ छ । त्यस स्थानमा उद्योग बन्द गराए पछि नयाँ स्थानमा सञ्चालन गर्छु भन्दा समेत सञ्चालन गर्न नदिएको भन्दै सुशीलाले पूर्वेली न्युज सँग दुुखेसाे पोखिन । उप महानगरपालिकाका मेयर द्वारिकलाल चाैधरीले उद्याेग सञ्चालन गर्ने अनुमती दिए पनि उपमेयरले भने उद्याेग बन्द गर्ने निर्देशन दिएकी थिइन् । उनले भनिन्न, उपमेयरले मलाइ तपाइ उद्योग चलाउन पाउनु हुन्न तपाइको उद्योग भोलि देखि नै बन्द हुन्छ” समेत भन्नु भयो ।” खाद्य प्रविधि तथा गुणस्तर, ध्वनि प्रदूषण लगाएका मापदण्ड पुरा गरे पनि उपमेयरले बन्द गर्ने निर्देशन दिनु एउटा महिला उद्यमी माथि अन्याय भएको उनले बताइन् । उद्याेग बन्द गरिँदा कर्मचारीलाई तलब तथा विभिन्न ठाउँमा तिर्न बाँकी रकम तिर्न नसक्ने अवस्थामा आएको उनको भनाइ छ ।

यस विषयमा उपमेयर लक्ष्मी गौतम सग कुरा गर्दा कानुनि प्रक्रिया पुरा गरेर सञ्चालन गरिएका कुनै पनि उद्याेगलाइ उपमहनगरपालिकाले बन्द नगर्ने प्रतिक्रिया दिइन् । सुशीला अधिकारीकाे हकमा स्थानियकाे अवराेध भएकाे तथा केहि कानुनि प्रक्रिया समेत पुरा गर्न अावश्यक रहेकाेले बन्द गर्ने निर्देशन दिएकाे उनले वताइन् । कानुनी प्रकृया पुरा गरि सञ्चालन गरेका उद्याेगहरूलाइ उपमहानगरले सँधै सहयाेग गर्न तयार रहेकाे उनकाे भनाइ रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…