अनाथले आफ्नै गृहमा मनाए दशै

धरान । धरान ४ छाताचौमा रहेको अनाथ असाय तथा पुनस्र्थापना गृहमा टिकाको साइत आएसंगै निक्कै चहलपहल देखिन्थ्यो । त्यहा रहेका अनाथहरुलाई टिका लगाइदिएर आर्शिवाद दिन गृहका प्रमुख भीम राई र लक्ष्मी राई उत्साहित देखिनुहुन्थ्यो भने त्यस आश्रित अनाथ बालबालिकाहरु समेत टिका लगाउन झनै उत्साहित देखिन्थे । ११ बर्ष अगाडिदेखि लगातार रुपमा यस गृहको दिनचर्या यसरी नै बित्दै गएको छ ।

इलामकी सुस्मिता राइ यस गृहमा बसेको ११ बर्ष भयो । आएदेखि नै यस गृहमै दशै मनाउदै आउनुभएकी उनलाई गृहमा साथीहरुसंग मिलेर दशै मनाउदा खुशी लाग्ने बताइन । बुबाको केही बर्ष अगाडि नै मृत्यु भएको बताउने राईले यस बर्षदेखि आमालाईसमेत यसै गृहमा संगै राखेपछि भने दशै झनै उत्साहित भएको बताइन ।

यस्तै पब्लिक उच्च माविमा कक्षा ९ माअध्ययन गर्दै गरेकी लक्ष्मी राइले समेत दशै यही गृहमा मनाएको सात बर्ष भयो । आफूले थाहा पाएदेखि यसै स्थानमा दशै मनाउने गरेको बताउने उनलाई समेत यहा आफूलाई घरजस्तै लाग्ने गरेको बताइन्

यहा अहिले ३० जना बालबालिका बस्ने गरेका छन् । ती सबै बालबालिकाको दशे धेरै जसो यी गृहमा हुने गरेको उनीहरु नै बताउछन् ।

यी तीन जना त उदाहरण पात्र हुन् । यस गृहमा रहेका अन्य बालबालिकाहरुलाई समेत दशै सधै रमाइलो नै लाग्ने गरेको छ । आफ्नै परिवार हो ठानेर उनीहरुले गृहप्रमुख भीम राई र उहाकी श्रीमति लक्ष्मी राइ बर्षेनी यसरी टिका लगाइदिने गरेका छन्् ।

अनाथ बालबालिकाको हेरचाहसंगै बालबालिकाको शिक्षा दिक्षामा समेत तल्लिन गृह प्रमुख भीम राईलाई श्रीमति लक्ष्मी राई र उनका तीन छोराहरुले विदेशबाट कमाएको रकम यही गृहका बालबालिकाको सहयोगको लागि खर्चिदे आएका छन् । दाताहरुको भरमा सञ्चालन भएको यो गृहमा बस्ने बालबालिका तथा गृह सञ्चालकको नाता जो कोसैले हेर्दा आफ्ना आफन्त भन्दा केही फरक छैन ।

तपाईको प्रतिक्रिया