गाजा र लागुऔषधसहित चार युवक पक्राउ

सिरहा / प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले जिल्लाको छुट्टाछुटै स्थानबाट चार जना युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको गस्ती टोलीले सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागुऔषधसहित आज जिल्लाको नवराजपुर गाउँपालिका– १ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो । ...

लागुऔषध र हातहतियार मुद्दाका फरार पक्राउ

विराटनगर / अदालतबाट लागुऔषध र हातहतियार खरखजना मुद्दामा दोषी ठहर भए पनि फरार रहेका दुई जनालाई मोरङको इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार रहेका कानेपोखरी गाउँपालिका–२ का ४६ वर्षीय तिलबहादुर राई र हातहतियार खरखजना मुद्दामा फरार रहेका पथरीशनिश्चरे नगरपालिका–१ का २७ वर्षीय अमित लिम्बू सुब्बा पक्राउ परेका हुन् । पथरीका...

लागुऔषधसहित तीन युवक पक्राउ

लहान / नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स ३ प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मो...

ब्राउनसुगरसहित तीन जना पक्राउ

राँझा / प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा स...

लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

धम्बोझी / लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी ३० वर्षीय पप्पु अन्सारी र २८ वर्षीय सुरेश सुनारलाई ८५० मिलीग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो । तीनै जन...

लागुऔषधसहित पाँच जना पक्राउ

दाङ / दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब...

धरानबाट लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी / सुनसरीको धरानबाट लागु औषध सहित ३ जना पक्राउ परेका छन् । धरान उप-महानगरपालिका-८ बाट सोमवार दिउँसो को ४ प १७३५ र को १० प ४७४७ नम्बरको मोटरसाईकलमा सवार धरनका कुमार बस्नेत, वसिम खान र राजेश भनिने नविन भण्डारीलाई पक्राउ गरिएकाे हाे । ईलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले उनिहरूकाे साथ बाट डाईलक्स डि.सी. १० बोतल, स्पा...