कुटपिटबाट एक जनाको मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

इटहरी / संखुवासभाको खाँदवारी नगरपालिका–१ का ४० वर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल–३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ वर्षीय शम्भु राई रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार...

चट्याङ लागेर बालकको मृत्यु

गलकोट / आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

सिरहा / सिरहाको लहान–ठाडी सडकखण्डमा लहान नगरपालिका–१९ मा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उत्तरतर्फबाट दक्षिणतर्फ आउँदै गरेको स१त ६२७९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा लहान नगरपालिका–१९ निवासी अजय यादवका अढाई वर्षीय छोरा आशिक यादवको मृत्यु भएको हो । आफ्नै घर अगाडि खेलिरहेका बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा / पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउ...

डिजेल भर्ने क्रममा एक्साभेटरको बकेटले च्यापेर चालकको मृत्यु

विराटनगर / डिजेल भर्ने क्रममा मोरङको जहदामा एक्साभेटरको अगाडि रहेको बकेटले च्यापेर चालकको मृत्यु भएको छ ।एक्साभेटर चालकमा ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका–४ का २२ वर्षीय दीपक तामाङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार एक्साभेटर जहदा गाउँपालिका–१ भुटाहामा निर्माणाधिन सडक खन्न प्रयोग गरिँदै आएको थि...

ट्याक्टरले किचेर १ जनाको मृत्यु

उदयपुर / उदयपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएकाे छ । चौदण्डीगढी नगरपालिका-४ मा शनिवार राती ट्याक्टरले किचेर रुपेश लामगादेकाे मृत्यु भएको हाे । शनिवार राती पौने १० बजेको समयमा स्वर्गिय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको स १ त ७६२० नम्बरको ट्याक्टरमा सवार रहेका लामगादेकाे अचानक ट्याक्टरबाट झर्दा उक्त ट्याक्टरको ...

मोरङको सुन्दरहरैचामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरी / मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे १ बजे बसकाे ठक्करबाट मोटरसाईकल चालक बिराटनगर महानगरपालिका-३ का २० बर्षीय अजय सहनीको भएकाे हाे । घाइते सहनीको उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै...

भिरबाट लडेर १ जनाको मृत्यु

खोटाङ / खोटाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । खोटाङ हलेसी तुवाचुङ नगरपालिका -११ राजापानी मापाचुलीका ५६ बर्षीय राम बहादुर कार्की भिरबाट लडी मृत्यु भएको हाे । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको आफ्नै दाईको खरबारीमा पुरानो सुकेको खर आगो लगाई निभाउने क्रममा भिरबाट लडि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

झापामा रूखबाट लडेर एक जनाको मृत्यु

झापा / झापामा रूखबाट लडेर एक जनाको मृत्यु भएकाे छ । बाह्रदशी-५ स्थितमा बस्ने ६८ बर्षीय प्रेम कुमार कन्दङ्वा लिम्बुको रूखबाट लडेर मृत्यु भएको हाे । आज बिहान ९ बजे कुटमेरो रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर बेहोस भएका थिए । बेहोस भएका लिम्बुको बि.एण्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले ...

उदयपुरमा छोरीको कुटाईबाट बुबाको मृत्यु

उदयपुर / उदयपुरमा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछामा २८ वर्षिय छोरी अनिता थापामगरको कुटाईबाट बुबा ५५ वर्षिय नेत्र बहादुर थापामगरको बुधबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर बुवा र आमा वर्ष ५० की सस्मीता राई मगर विचको झगडा भएको निहुमा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाउँले तेर...