लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ

काठमाडौँ / नेपाल प्रहरीले रकम लिएर सवारी अनुमतिपत्र (लाइसेन्स) बनाइदिने एकजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले रकम लिएर लाइसेन्स बनाउने सुजुकी ड्राइभिङ स्कूल एकान्तकुनाका सवारी चालक तनहुँका ३८ वर्षीय भरत बस्नेतलाई आइतबार एकान्तकुनाबाट पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले रु पाँच...

ठगीको आरोपमा केन्द्रीय बाल संजालका निर्वतमान अध्यक्ष सहित दुई जना पक्राउ

उदयपुर / उदयपुरमा ठगीको आरोपमा केन्द्रीय बाल संजालका निर्वतमान अध्यक्ष सुरेश गुप्ता सहित दुई जना पक्राउ परेको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्ध कसुर मुद्धामा मंसिर १९ गते पक्राउ परि प्रहरी हिरासतमा रहेका अंन्चु शेर्पालाई छुटाई दिने अभिभावकलाई ललाई फकाई विश्वास दिलाई झुक्यानमा पारी पैसा ठगी गरेको आरोपमा सुरेश गुप्ता र र...

हत्या अभियोगमा सात जना पक्राउ

सिन्धुपाल्चोक / एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्...

चन्द समूहका जिल्ला सदस्य सापकोटा पक्राउ

परासी / सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो । विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फा...

१५ किलो गाँजासहित तीन जना पक्राउ

मकवानपुर / मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी र हेटौँडा उपमहानगरपालिका–१५ गरी दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा १५ किलोसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिपुर नगरपालिका–९ का २४ वर्षीय रञ्जितकुमार गुप्ता, सोही ठाउँ बस्ने ३१ वर्षीय बालकृष्ण गुप्ता र चितवनको राप्ती नगरपालिका–२ का ३७ वर्षीय कृष्ण थापामग...

फरार दुई प्रतिवादी पक्राउ

सप्तरी / विभिन्न मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले सप्तरीको डाक्नेश्वरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का ३८ वर्षीय बलराम मेहता र सोही ठाउँका ५९ वर्षीय मुनर यादव रहेका छन् । सुरक्षा बेस क्याम्प पत्थरगढाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । प...

घुस लिएको आरोपमा मालपोतका खरिदार पक्राउ

परासी / सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीस्थित भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार नेत्रबहादुर चौधरीलाई आज नियन्त्रणमा लिएको छ । मोही जग्गा बाँडफाँडमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ४० हजार घुस लिएको आरोपमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा अख्तियारको...

नक्कली नोट सहित झापाबाट २ जना पक्राउ

झापा / झापाको बिर्तामोड नगरपालिका-५ मित्रनगर स्थित बाट नक्कली नोट सहित २ जना पक्राउ परेका छन । सोमबार दिउँसो १० बजेको समयमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले झापाको बिर्तामोड नगरपालिका-५ बस्ने ३४ बर्षिय सुरेन्द्र योङहाङ र मोरङको बेलबारी नगरपालिका-४ बस्ने बर्ष २५ को किरण खवासलाई १ हजार दरको २ थान नक्कली नेपाली नोट सहित पक्राउ ...

फरार १७ अभियुक्त एकैदिन पक्राउ

सप्तरी / जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा फरार रहेका १७ अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न स्थानबाट सोमबार ती अभियुक्तलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।अदालतबाट कैद तथा जरिवाना तोकिई हालसम्म फरार रहेका अभियुक्तलार्ई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्...

सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ

सिरहा / सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬–८ बहुवाडाँडा निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका¬–२ निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । सिरहाको विष्णुपुर गाउँपालिका घर भएकी १९ वर्षीया ती युवती घरबाट गोलब...