दुई लाख भारु नोटसहित एक जना पक्राउ

विराटनगर / दुई लाख रुपैयाँ भारतीय नोटसहित एक जनालाई प्रहरीले विराटनगरबाट मंगलबार पक्राउ गरेको छ । पाँच सय दरका चार सयवटा नोटसहित पक्राउ पर्नेमा भारत बनारसका २५ वर्षीय आसुतोष सोनी रहेका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतबाट प्रतिबन्धित भारतीय नोट बोकेर नेपाल छिरेका सोनीलाई विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट ...

धराने युवा लागुऔषधसहित पक्राउ

विराटनगर / विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ का २९ वर्षीय गणेशबहादुर तामाङ छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार भारतको जोगवनीबाट तिघ्रामा टेपले बाँधेर लागुऔषध ल्याउँदै गर्दा तामाङलाई सोमबार साँझ पक्राउ गरिएको हो । उनक...

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

भोजपुर / जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी श्रीमती ३९ वर्षीय निर्मला राईलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । राईको टाउको लगाएत शरिरका विभिन्न भागमा चोटपटक लागेको प्र...

मेलामा खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

बाँके / बाँकेको बैजनाथ गाउँपालिकामा लागेको मेलामा युवामाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । उक्त गाउँपालिका–२ भौंरीकुनास्थित शिवमन्दिर परिसरमा लागेको पूर्णिमा मेलामा आइतबार राति युवती जिस्क्याएको विषयमा विवाद उत्पन्न भई खुकुरी हानाहान हुँदा सोही ठाउँका नेपाली सेनामा कार्यरत लोकेन्द्र ...

घरमा कोही नभएकाे बेला बालिकामाथि जवर्जस्ती गर्न खोजेको आरोपमा एक जना पक्राउ

सिरहा / छिमेकी एक बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–८ का मो। रहिम मन्सुरलाई पक्राउ गरेको छ । घरमा कोही नभएको मौका पारी गत शनिबार राति १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई प्रहरीले पक्राउ गरेको हो । घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स...

साधुको हत्यामा संलग्न आरोपमा तीन बालक पक्राउ

डडेल्धुरा / डडेल्धुरामा साधुको (जोगी) हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । आइतबार अन्दाजी १४ र १६ वर्षीय दुई स्थानीय किशोरलाई नियन्त्रणमा लिइएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए । अर्का आरोपित घटनापश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपी बसेको सूचनाका आ...

लागुऔषधसहित पाँच जना पक्राउ

दाङ / दाङमा लागुऔषधसहित पाँचजनालाई आइतबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले घोराहीको नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । बसपार्कमा लागुऔषध साथमा राखी हिँडिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई खानतलासी गर्दा उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराईड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब...

जुवाकाे खालबाट दश जुवाडे पक्राउ

कावासोती / नवलपरासी प्रहरीले जुवाताल खेल्दै गरेका १० जुवाडेलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरपालिकाबाट जुवातास खेल्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । गैँडाकोट–१० भैँसाखोरीस्थित राजकुमार सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी का...

तीन लाख भारुसहित युवक पक्राउ

महोत्तरी / महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए । शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज...

बलात्कारको आरोपमा मालपोत कार्यालयका प्रमुख पक्राउ

कञ्चनपुर / कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । “महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरी...