पिकअपको ठक्करबाट एक जनाको मृत्यु , एक घाइते

जलेश्वर / बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बा ४४ प ६२२४ नम्बरको मोटरसाइकल...

खुकुरी प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

धादिङ / मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ । घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा (सान्ता) र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु भएको छ भने रविन तामाङ गम्भीर घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि बुधबार बिहान काठमाडौ स्थित ग्रीन सिटी अस्पताल...

बेलबारीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

विराटनगर / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ मा शुक्रबार बिहान १०ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा कानेपोखरी गाउँपालिका–२ का २८ वर्षीय प्रेम दर्जीको मृत्यु भएको हो । ...

खुर्पा प्रहारबाट प्रहरीसहित चार जना घाइते

भक्तपुर / भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् । जाजरकोटको नलगाढ नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपाल...

ट्रक ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

चितवन / पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रकका चालक हेटाँैडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नंको ट्रक र विपरीत दि...

ट्र्याक्टर दुर्घटनामा ११ घाइते

बैतडी / बैतडीमा शनिबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने सबै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका– १ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु, देउकुमाल थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता थारु, लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपाल...

छत भत्किएर एक जनाको मृत्यु, दुई गम्भीर घाइते

गुलरिया / गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् । घाइतेको बर्दिया जिल्ला ...

कार दुर्घटना तीन जनाको मृत्यु, दुई घाइते

अर्घाखाँची / सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा केहीबेर अघि बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीय प्रकाश महत्राले जानकारी दिनुभयो । दुर्घटनामा दुई जना घाइते भएका छन् । कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । घटनामा दुई पुरुष एक महिल...

स्यालको टोकाइबाट १६ घाइते

सिरहा / स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला...

भालुको आक्रमणबाट घाइते

दोलखा / दोलखा जिल्लाको जिरी नगरपालिका–१ को च्यबुकेमा आज बिहान ६ बजे एक वृद्धलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । घाइते बोल्न नसक्ने अवस्थामा भेटिएकाले काठमाडाँै सिफारिश गरिएको छ । जिरी नगरपालिका–१ बस्ने पदमबहादुर खड्कालाई हलोजुवा लिन बारीमा गएको बेला भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परी निजको घाँटी, टाउको, निधार र मुखमा गम्भीर ...