उदयपुर / उदयपुरको कटारी नगरपालिका ११ गोठडाँडामा गएराति एक जनाको गोली लागेर मृत्यु भएको छ । स्थानीय ५० वर्षिय शंकर राउतलाई भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
सिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली राउतलाई लागेको बताईएपनि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेम सागर केसीले बताउनु भयो । ‘गोली क...
उदयपुर / उदयपुरमा रुखबाट लडेर सोमबार दिउँसो करिव ३ बजे एक जनाको मृत्यु भएको छ । ताप्ली गाउँपालिका १ फलाँटे बस्ने ४५ बर्षीया भरि माया राई रुखबाट लडेर मृत्यु भएको हो ।
घर नजिकै रहेको जाल्माको रुखमा चढी घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर घाईते भएकी राईलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटा...
उदयपुर / उदयपुरमा सोमबार बेलुका ७ बजे त्रियुगा नदीको दहमा डुबेर एक जना बेपत्ता भएको छ । चौदण्डिगढी नगरपालिका ९ पुर्वटोल ज्यामिरे स्थित त्रियुगा नदीको दहमा डुबेर मानिस बेपत्ता भएको हो । खोटाङको सावाकटहरे ६ घर भई हाल चौनपा ९ अजगरा ससुराली घर बस्दै आएका ४० बर्षिय सुबास बि.क. बेल्टार बजारबाट घरतर्फ फर्कदै गर्दा बेलुका ७ बजे डुबेर बेपत्ता भएको इलाका प्र...
उदयपुर / उदयपुरमा लागूऔषधको संजाल यसरी फैलिएको छ कि लागूऔषध नभई नहुनेको जमात कम छैन । लागूऔषध प्रयोग कर्तालाई कसरी लागूऔषध प्रयोग गर्नेमा मात्र होइन कसरी लागूऔषध ल्याउनु पर्छ भन्ने फरक फरक तरिकाहरु अपनाउँदै आएको छ ।
बुधबार राति ९ः३० बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ नमुना टोलमा एक जना मलद्वारमा लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ...
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-११ बाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए लगत्तै आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको हो । निजहरुको कोठ...
उदयपुर / उदयपुरमा १४ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने स्थित सिम्लेका २२ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही वडाको एक विद्यालयमा अध्ययनरत बालिकालाई कात्तिक ५ गते अन्दाजी ५ः३० बजेको समयमा विद्यालयबाट घर फर्कने क्रममा जंगल...
उदयपुर / उदयपुरको रौतामाई गाउँपालिका समाजसेवी तथा रौतामाई गाउँपालिकाका प्रमुख सल्लाहकार तथा समाजसेवी अम्बर बहादुर रायमाझी परिवारले स्व. आमा सावित्री रायमाझीको सम्झनामा स्वास्थ्य चौकीलाई अक्सिजन मेसिन हस्तान्तरण गरेको छ ।
अक्सिजनको अभावमा कैयौं विरामीहरुको अकालमै मृत्यु हुने देखि विरामीको अवस्था जटिल हुने समस्यालाई मध्यनजर गर्दै स्व. सावित्री राय...
उदयपुर / दाउराको खपत गर्दा वन विनाश बढ्ने भन्दै उदयपुरको एक सामुदायिक वनले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको छ । दाउरा प्रयोग गर्दा दिनदिनै वन जंगल विनाश हुँदै गएको भन्दै त्रियुगा नगरपालिका ७ का होक्से सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई एलपी ग्यास बाल्न सिलिण्डर वितरण गरेको हो ।
सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई ४ लाख ९...
उदयपुर / उदयपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । जिल्लाा प्रहरी कार्यालय उदयपुरका एसपी फेरिएसँगै विभिन्न अपराधिक गतिविधिमा संलग्न भई जिल्ला अदालतबाट दोसी करार भएर फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४८ जना फरार प्रतिवादी पक्राउ परेको एसपी बुढामगरले...
उदयपुर / उदयपुरमा विहिबार साँझ ६ बजे करेन्ट लागेर एक ७ वर्षिय बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा करेन्ट लागेर खिलराज विकका ७ वर्षिय छोरा प्रशान्त विकलाई करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकै आफ्न्तको कुखुरा फर्ममा खेल्न गएका बालकलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जान...