ट्रकको ठक्करबाट इटहरीमा खड्काको मृत्यु

इटहरी / ट्रकको ठक्करबाट इटहरीमा खड्काको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी १७ पकली चोक नजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०५–००१ ख ००४९ नम्बर ट्रकको ठक्करबाट रामधुनी ३ बस्ने १८ वर्षीय निरन्जन खड्काको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि एपे...

इटहरीका मेयर द्धारिकलाल चौधरी संक्रमितको घरमा

इटहरी / कोरोना संक्रमितलाई मनोवल प्रदान गर्न इटहरीउपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित संक्रमितको घरैमा पुगेका छन् । स्वास्थ्यकर्मीको टोली सहित नगरप्रमुख चौधरी संक्रमित भएर घरैमा स्वास्थ्यलाभ गरिरहेका जनप्रतिनिधि र सर्वसाधारण नागरिकका घरैमा पुगेका हुन् । इटहरी अस्पतालका इमरजेन्सी इन्र्चाज रामकुमार धमलाको नेतृत्वमा ...

इटहरीमा रुखले किचेर एक जनाको मृत्यु

इटहरी / सुनसरीको इटहरीमा रुखले किचेर एक जनाको मृत्यु भएकाे छ । इटहरी १७ टिकुलिया का ५५ बर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जानकारी दिएकाे छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किच्दा गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रमम...

इटहरीका मेयर आफुखुसी बाटो बनाउने, स्थानीय त्यहि बाटोमा डोजर चलाउने

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफुखुसी बाटो विस्तारमा लागेर पक्षपात गरेको भन्दै इटहरी १ का स्थानीय आक्रोशित भएका छन । मेयरले विस्तार गरेको सडकमा स्थानीय आफैले डोजर चलाएका हुन । तरहरा बजारबाट लविपुर सम्म जाने ४० फिट बाटोमा मेयर द्धारिकलाल आफैले इटहरी १ र १७ को सिमानामा पैनी भेटिएको र १ नम्बर तिर पैनी पर्यो भनेर ...

अन्यायमा परिन् शुसिला, उपमेयर लक्ष्मी गौतमको निर्देशनमा घरेलु उद्योग बन्द

इटहरी / सुनसरीकाे इटहरीमा एउटा घरेलु उद्योगलाई इटहरी उप महानगरपालिकाले बन्द गराएको छ । इटहरी ८ स्थीत हाम्रो टोलकाे ७ नम्बर गेट छेउमा वि स २०७० साल बाट सञ्चालनमा रहेको गायत्री फुड्स घरेलु उद्योग उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको निर्देशनमा बन्द भएको छ । सुशीला अधिकारले विगत ६ वर्ष देखि सञ्चालन गर्दै आएको उक्त उद्योग आइतबार बाट पूर्ण रूपमा ...

काठमाडौंबाट श्रीमान खोज्दै इटहरी पुगेकी महिला बलात्कृत : दुइ जना सफरी चालक पक्राउ

इटहरी / काठमाडौंबाट श्रीमान खोज्दै हिडेकी एक महिला इटहरीमा जवरजस्ती करणीको शिकार भएकी छिन् । एक सातादेखि पूर्वका बिभिन्न स्थानमा श्रीमान खोजीमा भौतारिएकी ३२ वर्षीया महिला आइतबार दिउसो मोरङ-सुनसरीको सिमानामा पर्ने बुढी खोलामा नजिकै जवरजस्ती करणीको शिकार भएकी हुन् । उनलाई इटहरी ६ का सिटि सफारी चालक नरेश थारु र उनका साथी इटहरी ९ का सन्दिप चौधरीले जवरज...

एकै घरमा चार अपाङ्ग, प्यब्सन इटहरीले गर्‍याे सहयाेग

इटहरी / इटहरी स्थित एकै घरका चार अपाङ्गता भएकाहरूलाइ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन को २९ औं स्थापना दिवसको अवसरमा प्यब्सन इटहरी नगर कमिटिले सहयाेग गरेकाे छ । इटहरी २ स्थित डम्फुचाेकमा लक्ष्मण तामाङ्गका परिवारका सबैजना सन्तान अपाङ्गता भएकाले प्यब्सन इटहरीले सहयाेग गरेकाे हाे । लक्ष्मण तामाङ्गका चार जना सन्तान मध्ये चारैजना अपाङ...

इटहरीमा बिहिवार फेरि आगलागी ( तस्बिरहरू सहित )

इटहरी / इटहरीमा बिहिवार फेरि आगलागी भएको छ । इटहरीकाे बसपार्क नजिकैकाे घरमा आगलागी भएको हाे । इटहरी उपमहानगरजालिकाको दमकल र स्थानियको सहयोगमा हागो नियन्त्रणमा लिएको छ । घरको कोठामा पुराना काठको सामान राखेको ठाउँबाट आगो लागेको हो । आगलागीकाे कारण र क्षेतिकाे विवरण आउन बाँकि रहेकाे छ ।

इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला हुने

इटहरी / सुनसरीकाे इटहरीमा दास्राे राष्ट्रिय महिला उद्यमसिल मेला हुने भएकाे छ । महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरूलाई बजारिकरण तथा ब्यवसायिक प्रर्बधन गर्ने उद्धेश्यले साे मेलाकाे आयोजना गरिएकाे हाे । इटहरी-४ आइतबारे, संचयकाेष मैदानमा हुन गई रहेको मेलाको तयारी लगभग पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । नेपाल उद्यमशील महिला...

इटहरीका मृगौला पिडित महादेव चौधरीलाई सहयोग गर्न अपिल

इटहरी / सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका – १५, एकम्बा बस्ने ५५ बर्षका महादेव चौधरीको दुबै मृगौलामा खराबी र समस्या आएका कारण परिवार बिचल्लीमा परेका छन । बिराट टिचिङ्ग हस्पिटलमा एक महिना उपचार पछि सुधार नभएपछि उनलाई बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा राखेका थिए । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई १३ दिन पछि घरमै ल्याएर राख...