तन्नामा आगो सल्किँदा जलेर मृत्यु

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मछेली शिविरमा बस्दै आएका ५५ वर्षीय छेदालाल चौधरीको गएराति जलेर मृत्यु भएको छ । दमका दीर्घरोगी रहेका चौधरीले चुरोट खाँदै गर्दा तन्नामा आगो लागेर जलेर गम्भीर घाइते भएपछि महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले बताउनुभयो । चौधर...

झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी / बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहर...

हराएको बाइस दिनपछि जंगलमा शव फेला

कञ्चनपुर / घरबाट हराएको बाइस दिनपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पिलरिफाँटाका ४५ वर्षीय मदनबहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन । स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन सा...

जिपको ठक्करबाट एकजनाको मृत्यु

दाङ / घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा जिपको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी क...

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

डोटी / नयाँ निर्माण भएको सडकमाथिको ढिस्को खस्दा पुरिएर दिपायलमा एक बालिकाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो । घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो । घटनास्थलबाट उद्धार गरी शैलेश्वरी अस्पताल दिपायलमा पु¥याउने क्रममा उनको मृ...

महाकालीको पानी पिउन बाध्य नगरपालिकाकै बासिन्दा

बैतडी / बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीका स्थानीय बासिन्दा बर्षौंदेखि महाकाली नदीको दूषित पानी पिउदै आइरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दूषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्सातको समयमा महाकालीमा भेल आएको बेलासमेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौँ ।” तिरख...

ससाना नानी छाडेर नगदसहित श्रीमती बेपत्ता

कञ्चनपुर, १ चैत / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौ...

वृद्धा र किशोरीलाई बलात्कार गर्ने दुई पक्राउ

डडेल्धुरा, ३० फागुन / डडेल्धुरामा वृद्धा र किशारीलाई बलात्कार गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । बलात्कारको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले गन्यापधुराका २६ वर्षीय केशव लुहार र कञ्चनपुर शुक्लाफाटा नगरपालिका–११ का नरेन्द्रबहादुर कुँवरलाई पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले फागुन २६ गते ६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा २...

अटोरिक्सा पल्टिँदा चालकको मृत्यु

भीमदत्तनगर, २९ फागुन / कञ्चनपुर भीमदत्तनगरमा आज अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१५ का ४७ वर्षीय चालक दीपु खुना रहेको प्रहरीले जनाएको छ । भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको ओन टेष्ट अटोरिक्सा भीमदत्तनगरपालिका–६ बनगाउँ चौराहामा सडकबाट करिब १० मिटर तल खसेर बिजुलीको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका चालक खु...

माटोको ढिस्कोमा पुरिएर तीन घाइते, दुईको अवस्था गम्भीर

बैतडी, २९ फागुन / माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् । घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी स...