आफू नमरी आफ्नै नाममा धर्मशाला 

मोरङ । कोही मानिसको देहवसानपछि उसका सन्तानले मृतआत्माको नाममा बिभिन्न धार्मिक कार्यहरु गर्छन । उनको नाममा पाटी,पौवा र धर्मशालाहरु निर्माण गरिदिन्छन तर मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीका एक बृद्धाले मृत्युअगावै आफ्नै नाममा धर्मशाला पाटी निर्माण गरेका छन । साविक सिंहदेवी ८,मोरङका ७६वर्षीय ब्रम्हचारी बाजे भनेर चिनिने बृजलाल नेम्बाङले केराब...

विदेशबाट फर्किएका युबाहरुको रहर लाग्दो व्यवसाय

तेह्रथुम / गाउँमै बिदेशबाट फर्किएका युबाहरुले रहर लाग्दो ब्याबशाय सञ्चालन गर्न थाले पछि गाउँलेहरुको आँखा बल्न थालेको छ । धेरै युबाहरु रोजगार र पैसा कमाउन बिदेश पुग्ने गरेका छन । बिदेशको अनुभब र श्रमलाई आफनै गाउँ ठाउँमा बसेरै मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् छथर गाउँपलिका २ हमरजुङका ४७ वर्षे अमरकृष्ण बस्नेत । छ वर्ष मलेशिया बस्दा निकै ...

माग बढ्दै अर्गानिक चियाको

तेह्रथुम / तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ । व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताउनुभयो...

मङ्सिर २ देखि जनकपुरमा सीताराम विवाह महोत्सव हुने

जनकपुरधाम  / आगामी मंसिर २ देखि ८ गतेसम्म जनकपुरमा सीताराम विवाह महोत्सव हुने भएको छ । गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत...

पर्यटकीयस्थल भालुढुंगाको संरक्षणमा जुट्दै युवा

इलाम/ सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल भालुढुंगाको संरक्षण अभावमा ओझेलमा परेपछि स्थानीय युवा जुट्न थालेका छन् । ऐतिहासिक चियाबारी, दृश्यावलोकन स्तम्भभन्दा पृथक् गन्तव्य बोकेको भालुढुंगा संरक्षणका लागि स्थानीय गढीथुम्काका युवक हरि गुरुङको अगुवाइमा युवाहरु भालुढुंगालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न लागिपरेका हुन् । सदरमुकामबाट चियाबारी हुँदै एक...

दुई वर्षभित्र सफा सोलुखुम्बु बनाउने

सोलुखुम्बु / सामुदायिक रेडियो सोलु एफएमले देउसी भैलोबाट संकलन भएको रकम फोहोर व्यवस्थापनमा खर्च गर्ने भएको छ । प्रदेश नं १ कै पहिलो सामुदायिक रेडियोले नगरपालिकाको मुख्य चुनौती फोहोर व्यवस्थान देखिएकाले फोहोर संकलनका लागि टोकरी राख्ने भएको हो । नगरपालिकाको ३० वटा सार्वजानीक स्थानमा फोहोर फालिने टोकरी राखिने सो एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धि...

सुन्दरहरैचामा बिश्वकै ठुलो गार्इकाे प्रतिमा वन्ने

ईटहरी / मोरङ सुन्दरहरैचा ५ मा अवस्थित नयाँ वृन्दावन गौसालामा बिश्वकै ठुलो गार्इकाे प्रतिमा वन्ने भएको छ । धार्मिक पर्यटकिय क्षेत्रको रुपमा सुन्दरहरैचालाई विश्व सामु परिचित गराउन बिश्वकै ठुलो गाईको मुर्ती वनाईने सुन्दरहरैचाका मेयर शिव ढकालले वताएका छन् ।  सचिव दिनेश थयलीया र सह सचिव प्रुसोतम नेपाल लाई मेयर शिव ढकालले नयाँ वृन्दावन गौसालाको अवलोकन गर...

लोप हुने अवस्थामा लिम्बू समुदायले खेल्ने लारीङ्गे–नाम्लिङ्गे

पाँचथर / पूर्वीपहाडी जिल्लाहरू पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम सहितका जिल्लामा रहेका लिम्बू समुदायले तिहारको समयमा आफ्नै भाषा र लयमा खेल्ने देउसी र भैलो अर्थात् लारीङ्गे र नाम्लिङ्गे पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । बलिहाङको आयुको पुकार गर्दै देउसी र भैलो भन्ने ठाउँमा यो समुदायमा लारीङ्गे र नाम्लिङ्गे भन्ने भन्ने गरिन्छ । दिन–रात तथा ...

इटहरी जनप्रतिनिधीहरूको शय दिन : उपलब्धी शुन्य : काम भन्दा गफै बढी 

इटहरी  – स्थानीय निकायको निर्वाचनपछि इटहरी उपमहानगरपालीकाले जनप्रतिनिधी पाएको आज बुधबार एकसय २ दिन पुगेको छ । दोश्रो चरण अन्तरगत गत असार १४ गते प्रदेश नं १, २, ५ र ७ का ४३ जिल्लामा स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सोही निर्वाचन पश्चात इटहरी उपमहानगरले २० बर्षपछि स्थानीय जनप्रतिनिधीहरू पाएको आज बुधबार एक सय २ दिन पुगेको हो । गत असार २५ गते निर्...

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

इलाम / सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, क...