राना थारु समुदायका युवती पनि सिलाइकटाइतर्फ आकर्षित

शेरबहादुर सिंह भीमदत्तनगर / कञ्चनपुरको दक्षिण पुनर्वास नगरपालिका–८, खड्डाकी ३० वर्षीया माया राना विगत एक दशकयता सिलाइ÷कटाइको काम गर्नुहुन्छ । आफूसित सीप र लगनशीलता भए सफल भइन्छ भन्ने उदाहरण बन्नुभएकी रानाको परिवारको खर्चसमेत सिलाइ÷कटाइबाटै चलेको छ । धनगढी उपमहानगरपालिकाको ‘कैलाली गाउँ’मा माइतीघर छँदा सिलाइ कटाइको काम सिक्नुभएकी राना विवाहपछि ...

जातीय विभेद अझै सम्म कायम

बैतडी/ विभिन्न अभियानका बाबजुद पनि जातीय विभेद अझै न्यूनीकरण हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । सरकारले जातीय विभेद अन्त्यको घोषणा गरेको १२ वर्ष पूरा भएको अवसरमा सोमबार बैतडीमा गरिएको मिडिया संवाद कार्यक्रमका सहभागीले हरेक सचेत नागरिकले जातीय विभेद अन्त्यको पहल थाल्नुपर्ने बताएका हुन् । दलित महिला संघ, बैतडीले आयोजना गरेको उक्त क...

कैलालीमा विद्युत् भुक्तानी ई–सेवा

कैलाली / कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल विद्युत...

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक निर्माण

बझाङ / जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण क...

महाकालीको दोधारा—चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर / कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताउनुभएको छ ।...

धनगढीमा रकम लुटेर फरार दुई व्यक्ति पक्राउ

काठमाडौँ / महानगरीय अपराध महाशाखाले रु नौ लाख ५० हजार लुटेर फरार दुई व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले धनगढीमा प्रभु मनी ट्रान्सफरका कर्मचारीलाई जेठ १३ गते गोली हानेर रकम लुटी फरार रहेका कैलालीका २८ वर्षीय रामप्रवेश राना र कञ्चनपुरका २३ वर्षीय कालु रानालाई आज बिहान गोँगबुबाट पक्राउ गरेको हो । उनीहरुले कैलाली उपमहानगरपालिकामा रहेको सि...

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

बैतडी / गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन बसेको अनशनरत वृद्ध टेरको भनाइ रहेको छ । विगतमा गुरुखोलादेखि खालसम्म सडकको सर्वे भएको र त्यत...

नदीमा डुबेको अवस्थामा किशोरको शव फेला

कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरका १३ वर्षीय शतेन्द्र साउदको मृत शरीर आज वनहरा नदीमा फेला परेको छ । नदीमा डुबेको अवस्थामा साउदको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक रवीन्द्र धनुषेले बताउनुभयो । उनको मृत्युको कारणबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ । Purbeli TV

एम्बुलेन्स दुर्घटना, चार घाइते

बैतडी / बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन् । घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ...

डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा / डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७ साधनीका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । पर्शुराममा बिहीबार बेलुका दुई घरमा परेको चट्याङले उनीहरु घाइते भएका हुन् । चट्याङबाट पर्शुराम–६ छेलाका २३ वर्षीया रेग...