राजमार्ग सञ्चालन

बाजुरा / अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो । पिएस कम्पनीले जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सडक सञ्चालन भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ...

महाकाली नदिमा पानीको वहाव उच्च भएपछि पुलमा सवारीसाधनलाई रोक

कञ्चनपुर / महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो । आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक पुगेको छ । नदीमा पानीको बहाव ८० हजार क्युसेकभन्दा बढी पुगेमा पुलमा चारपांग्रे सवारीसाधन सञ्च...

बैतडीमा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै

बैतडी / पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले बताउनुभयो । विगत सात वर्षको तथ्यांक हेर्ने हो भने चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको उहाँले बताउनुभयो । मानव र वन्यजन्तुको द्वन्द्वकै कारण मानव समुदाय पनि त्रासमा बाच्नु परिरहेको छ, ...

महाकालीमा पानीको बहाव बढ्यो, नदी किनारका बस्तीमा त्रास

दार्चुला / लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ । २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो । पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ । नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर न...

पानीको बहाव बढ्दा वनवासा पुलबाट आवागमनमा रोक

भीमदत्तनगर / आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेसँगै गड्डाचौकी भएर भारततर्फ जाने चार पाङग्रे सवारीसाधनलाई शारादा ब्यारेज (वनवासा पुल) बाट आवागमनमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्...

दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा

दार्चुला /   दार्चुलाको जिल्ला अस्पताल दयनीय अवस्थामा पुगेको छ । विगतमा जिल्ला अस्पताललाई केन्द्रबाट आउने बजेट यस वर्ष थोरै आउनु र यहाँका स्थानीय तहले आवश्यक बजेट नदिँदा जिल्ला अस्पताल बजेट अभावमा दयनीय बनेको हो । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र दयनीय अवस्थामा हुँदासमेत सम्बन्धित निकाय मौन बसेको छ । “ल्याबमा काम गर्दा प्रयोग गरिने सर्जिकल आइटमको...

करेन्ट लागेर मृत्यु

भीमदत्तनगर / कञ्चनपुरको भीमदत्तनगरपालिकामा आज करेन्ट लागेर एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भीमदत्तनगरपालिका–३ मालिकार्जुन टोलमा बिजुलीको नयाँ खम्बा हाल्ने क्रममा करेन्ट लागेर कञ्चनपुर, लालझाँडी गाउँपालिका–५ देखतभुलीका २४ वर्षीय शिवराज रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो । सोही ...

आधुनिक तरिकाले उखु खेती गर्दा तीन गुणा बढी आम्दानी

कञ्चनपुर, १६ असार /आधुनिक तरिकाबाट उखुखेती गर्न थालेपछि कञ्चनपुर बेलौरी नगरपालिका–६ हात्तीबोझाका असारेराम वडायकको आम्दानी तीन गुणाले बढेको छ । इन्टरनेटको माध्यमबाट आधुनिक तरिकाले उखु रोप्न सिकेपछि उहाँको आम्दानी तीन गुणाले बढेको हो । आधुनिक प्रविधिको प्रयोग गरी रोपेको उखुखेतीबाट उहाँले प्रति बिगहा रु छ लाखभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको छ । यसअ...

सडक, विद्युत् र हवाईसेवालाई प्राथमिकता दिन आग्रह

हुम्ला / प्रदेश नं ७ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हुम्लाका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई हुम्ला विमानस्थलमा आज भेटी जिल्लामा सडक, विद्युत्, हवाईसेवालाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । दुई वर्षभित्र कर्णाली–कोरिटार सडक निर्माणमा नेपाली सेना लागिपरेको जानकारी दिँदै उहाँले हुम्ला उद्योग वाणिज्य संघले हवाई भाडा वृद्धि कम गराउ...

नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु

कञ्चनपुर / कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं. ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा मृत्यु भएको हो । चालक दासले चलाई रहेको से१त ५९२१ नम्बरको ट्याक्टर राति अचानक नहरमा खसेको थियो । दासको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहर...