बस दुर्घटनामा परी १९ घाइते

बैतडी / बस दुर्घटनामा परी सोमबार १९ जना घाइते भएका छन् । महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको ना६ख ७४२० नं को बस तथा बैतडीको गन्नाबाट महेन्द्रनगर जाँदै गरेको ना५ख ७५४७ नं को बस महाकाली राजमार्गअन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बांगाबगरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते दार्चुलाको मार्मा गाउँपालिका–३ का २७ वर्षीया मन...

हात्ती भगाउन ‘इलेक्ट्रिक फेन्सिङ’

कञ्चनपुर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको झुण्डले पु¥याउने क्षति न्यूनीकरणका लागि यहाँको बेदकोट नगरपालिकाले पहल गर्ने भएको छ । हात्ती बस्ती छिर्ने सम्भावित क्षेत्रको पहिचान गरी विद्युतीय तारबार ( इलेक्ट्रिक फेन्सिङ) गर्ने योजना नगरपालिकाले बनाएको हो । नगरपालिकाले नयाँ गाउँ, चथरी, चम्फापुर, रडहा, हात्तीथला लगायत क्षेत्रमा विद्युतीय...

आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर उत्कृष्ट

कञ्चनपुर / आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ । आव २०७४/७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, ...

बैतडीका ५० वडा सचिवविहिन

बैतडी / स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष पूरा भइसक्दासमेत जनताले भने जस्तै अनुसारको सेवासुविधा पाउन सकेका छैनन् । स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ । बैतडीका ८४ वडामध्ये ५० वडा सचिवविहीन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको छ । दशवटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाक...

वृद्धा भारतबाट सम्पर्कविहीन

नवलपरासी / पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्कविहीन भएकी छिन् । प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्पर्कविहीन भएको स्थानीय सहबान अन्सारीले जानकारी दिनुभयो । घरबाट गत भदौ ११ गते तीर्थयात्रा गर्न भ...

निर्मला हत्या प्रकरणमा ‘अपराधीले उन्मुक्ति पाउँदैन’ : सर्वेन्द्र खनाल

भीमदत्तनगर / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कान...

दरबन्दी नै कम त्यसमाथी न्यून स्वास्थ्यकर्मी : टीकापुर

कैलाली / चौध चिकित्सकको दरबन्दी रहेको टीकापुर अस्पतालमा अहिले पाँच जनाले सेवा दिइरहेका छन् । दरबन्दी पूरा भए सल्यक्रिया, प्रसूति, हाडजोर्नी, दन्त, मनसिक, फिजियोथेरापी, रेडियोलोजीलगायतको उपचार यही सम्भब थियो तर अहिले चार मेडिकल अधिकृतक र एक दन्त चिकित्सकले मात्रै अस्पताल धानेका छन् । उक्त अस्पतालमा आठ परामर्शदाता, एक मेडिकल अधिकृतका साथै दुई स्वास्थ...

ब्राउन सुगरसहित महिला पक्राउ

कैलाली / कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो । शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बता...

सर्पदंशको उपचार गाउँमै

नेपालगञ्ज / बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ओभरीमा आजदेखि सर्पदंश उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको रु २० लाख ५० हजार आर्थिक सहयोग र नेपाली सेनाको रु नौँ लाख ६२ हजार बराबरको श्रमदानबाट उक्त केन्द्र निर्माण गरिएको हो । सर्पदंशका विरामीको उपचारमा सहजता ल्याउन स्थानीय बासिन्दाले केन्द्रमा रु २० लाखको अक्षयकोष पनि स्थापना गरेका छन् ।...

बैतडीमा पशु कृत्रिम गर्भाधान प्रयोगशाला

बैतडी / गाई र भैँसीको नश्ल सुधारका लागि बैतडीमा पहिलो पटक कृत्रिम गर्भाधान प्रयोगशाला स्थापना गरिएको छ । स्थानीय नश्लका पशुबाट कम दूध उत्पादन हुने भएकाले त्यसको सुधारका लागि डिलाशैनी गाउँपालिका –६ गोकुलेश्वरस्थित गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा सो प्रयोगशाला सञ्चालनमा आएको छ ।व्यावसायिक पशुपालनमा लागेका किसानलाई उन्नत जातका गाईभैँसी उत्पादनम...