कैलालीमा सोचेअनुसार काम हुन सकेन

धनगढी / कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् । स्थानीय तह र विषयगत कार्यालयको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समीक्षा गोष्ठीका सहभागीले बदलिँदो परिवेशमा केही कार्यालय खारेजमा परेका र अन्य केही कार्यालय एकापसमा गाभिन पुगेका, साधान स्रोत जनशक्ति...

उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य

बैतडी / जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मारमा परेका छन् । बिरामी दिनहुँ उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन् । सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाट बताउनुहुन्छ । “जिल्ला अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध छैन, सामान्य समस्या हुँदा पनि भारतीय अस्...

यसरी गर्याे नेपाल प्रहरीले अपहृत बालकको उद्धार

धनगढी /  कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताउनुभयो ...

बढ्दो ट्राफिक समस्या

धनगढी / प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा ट्राफिक समस्या बढ्दै गएको छ । समस्या बढ्दै गएपछि धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त पहलमा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम शुरु भएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनीलकुमार उप्रेतीले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनम...

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

बैतडी / शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविध...

दुई नदीमा तटबन्ध निर्माण

कञ्चनपुर, ४ भदौ (रासस) ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ मा रु १२ लाखको लागतमा ६४ मिटर लम्बाइको तारजाली र ढुङ्गाको तटबन्ध निर्माण गरिएको छ । नगरपालिकाको वडा कार्यालयले भूक्षय रोक्नका लागि सुनबोरा नदीमा रु आठ लाखको लागतमा ४२ मिटर र स्याली नदीमा रु चार लाखको लागतमा २२ मिटर तटबन्ध निर्माण गरेको हो । दुवै नदीमा तटबन्ध निर्माण गरिएपछि ३०० परिवारको जग...

शिक्षक चार : विद्यार्थी तीन

डडेल्धुरा / कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझ...

पहिरोमा परी एकको मृत्यु

बाजुरा/ लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा र...

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना हो : मुख्यमन्त्री भट्ट

धनगढी / आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग ज...

बैतडीको बागागाड खोलामा पुल नहुँदा समस्या

बैतडी / बागागाड खोलामा पुल नहुँदा पुर्चौडी नगरपालिकाका बासिन्दालाई खोला तर्न समस्या भएको छ । नगरपालिकाको केन्द्र हाट जोड्ने खोलामा पुल नहुँदा भूमिराज, कोटिलालगायत ठाउँका बासिन्दालाई दैनिक उपभोग्य सामान खरिदका लागि बसन्तपुर बजारसम्म पुग्न उक्त खोलामा पुल नहुँदा समस्या भएको हो । पुर्चौडीको बजारहाट बसन्तपुर नजिक पुल नहुँदा वर्षात्मा जोखिम मोलेर खोला त...