आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती

धनगढी / कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुप¥यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उहाँलाई सिफारिश बनाउने काममा धेरै दिनको समय पनि लाग्यो । गाउँपालिकाको कार्यालय शुरुदेखि नै धनगढीको एक निजी घर भाडामा लिई सञ्चालन रहे...

‘समन्वय गरेर अनुसन्धान अगाडि बढाउँछौँ’ : प्रहरी प्रमुख कडायत

भीमदत्तनगर / आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुग्नुभएका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताउनुभयो । “घटना नयाँ शिराबाट अनुसन्धा...

सिँचाइका लागि पोखरी

बर्दिया / जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ । अहिले ६...

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

भीमदत्तनगर / शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उहाँको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै हुनुहुन्थ्यो ।...

अझै सेलाकाे छैन निर्मला पन्त हत्या काण्ड, भीमदत्तनगरमा प्रहरीविरुद्ध चर्को नाराबाजी

कञ्चनपुर / कञ्चनपुर सदरमुकाम भीमदत्तनगर आज पनि तनावग्रस्त रहेको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले सडकमा विरोध प्रर्दशन गरेका छन् । भीमदत्त बजार क्षेत्रमा प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन भइरहेको छ । प्रहरीले सोमबार मानसिक सन्तुलन गुमाएका एक व्यक्तिलाई ह...

४९ विद्यार्थी पढाउन पाँच शिक्षक

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ । पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल...

कार्यालय सहयोगीको हत्या

बैतडी / दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ । ...

बाढीको जोखिममा मधेशका गाउँ

डडेल्धुरा / वर्षेनी बाढीको पीडा भोग्दै आएका डडेल्धुराको भित्री मधेश क्षेत्रका दर्जनौँ गाउँ यसवर्ष पनि बाढीको जोखिममा रहेका छन् । भित्री मधेशका परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका दर्जनौँ गाउँ बाढीको उच्च जोखिममा रहेका छन् । महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले वर्षेनी यस क्षेत्रका दर्जन गाउँ कटान गदै आएको छ । डडेल्धुरा जिल्लाकै सबै भन्दा बढी ...

पहिरोको उच्च जोखिममा चार स्थानीय तह

बैतडी / बैतडीका चार स्थानीय तहमा पहिरोको उच्च जाखिममा परेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र मेलौली नगरपालिका भने उच्च जोखिममा रहेका समितिका संयोजक लालबहादु...

द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड

बैतडी / दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका जनक बहादुर चन्दलाई अक्षर लेख्ने र कुची, र...