बैतडी र दार्चुलामा मोबाइल सेवा अवरुद्ध

बैतडी / गए रातिदेखि बैतडी र दार्चुलामा नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल सेवा अवरुद्ध भएको छ । टेलिकमले प्रदान गर्दै आएको नमस्ते जीएसएम मोबाइलको पोष्टपेड र प्रिपेड सेवा सोमबार रातिदेखि अवरुद्ध भएको हो । कञ्चनपुरस्थित देखतभुलीमा रहेको टेलिकम टावरको बिटीएस डाउन भएकाले सेवा अवरुद्ध भएको टेलिकम बैतडीका प्रमुख सुरत खड्काले जानकारी दिनुभयो । कञ्च...

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी / १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर...

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

भीमदत्तनगर / कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्...

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

डडेल्धुरा / सङ्घीय सरकारअन्तर्गत रहने गरी डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उक्त कार्यालय उदघाटन गर्दै डडेल्धुरा र बझाङ जिल्लालाई हेर्ने गरी उक्त कार्यालय स्थपाना गरिएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत गणेशदत्त जोशीले डडेल्धुरामै डिभिजन कार्याल...

चाउमिन खाँदा दुई बालकको मृत्यु

कञ्चनपुर / कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा ...

नातिद्वारा बाजे र बज्यैको हत्या

बैतडी / बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् । सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो । लोकेन्द्र आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिरपटले हा...

डोटीमा भारी हिमपात

डोटी / केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेकलगायत उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको सायलवासी गणेश विष्टले बताउनुभयो । उहाँले...

मुक्तकमैयाको दुखेसोः ओत लाग्यौँ तर भोक मेटिएन

भीमदत्तनगर / वाणी मुक्तकमैया शिविरका बिप्टी चौधरीले घर खर्च चलाउन बस्ती छेउमै रहेको मछेली नदीमा बालुवा छान्न थालेको दशक बितिसक्यो । विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी शिविरमा आउनुभएकी उहाँ र उहाँको परिवारलाई गर्जो टार्न अझै पनि मजदूरी गर्नुको विकल्प छैन ।“हिउँदका बेला नदीमा दिनभरि कडा परिश्रम गरेर बालुवा, गि...

विकट वडामा ट्र्याक खोलिँदै

नारायणपुर/ तुलसीपुर उपमहानगरपालिकाले विकट वडामा बाटोको ट्र्याक खोल्नुका साथै साँघुरो बाटोलाई पनि फराकिलो पार्न थालेको छ यस आर्थिक वर्षमा उपमहानगरपालिकाले विकट वडा १, ३, ४ र १३ का विभिन्न गाउँमा बाटो पु¥याउन काम गरिरहेको र दुई वर्षभित्रमा उपमहानगरमा बाटो नपुगेको ठाउँ नहुने उपमहानगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । वडान नं ४ का वडाध्यक्ष बालकृष्ण...

जबर्जस्ती करणी आरोपमा एक युवा पक्राउ

अछाम / महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोे...