निर्मला प्रकरण :आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

भीमदत्तनगर कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन...

एक जन्ती बसमा आगजनी

धनगढी /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ ।जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैल...

क्रसर उद्योगको जेसिभीमा आगजनी

कञ्चनपुर / कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ । क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर जेसिभीमा आगजनी गरिएको छ । घटनास्थलबाट प्रहरीले क्रसर उद्योग मापदण्डवि...

महोत्सवमा रेन्बो ट्राउट माछाको आकर्षण

डोटी / चेम्बर अफ कमर्शले दिपायलको पिपल्लामा आयोजना गरेको प्रादेशिक महोत्सवमा अमेरिकी रेन्बो ट्राउट माछाप्रति दर्शकको आर्कषण बढेको छ । महोत्सवमा आउने अधिकांश दर्शकले उक्त माछा अवलोकन गर्ने गरेका छन् । जोरायल गाउँपालिका ५ गड्सेराका किसान लीलाधर विष्टले अमेरिकाको अलास्का नदीमा पाइने रेन्बो ट्राउट माछा प्रदर्शनीका लागि ल्याउनुभएको हो । माछा हेर्नका लाग...

अशोक र एआरले जिते दर्शकको मन

बाजुरा / उमेरमा कम भए पनि कलामा परिपक्व देखिएका अशोक दर्जी र एआर बुढाथोकीले दर्शकलाई दमदार प्रस्तुति दिएका छन् । बडिमालिका बृहत् सांस्कृतिक कार्यक्रममा देखाएको कला र प्रस्तुतिले दर्शकको मन जित्न अशोक र एआर सफल बनेका छन् । हेर्दा दाजुभाइजस्तै लाग्ने अशोक र एआरले प्रस्तुति दिँदा, गाउँदा नाच्दा उस्तैउस्तै योग्यता र परिपक्वता देखिएको थियो । परिचयबाट...

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर / भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय राजेश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अ...

बजार पसेको चितुवा ११ घण्टापछि प्रहरीकाे नियन्त्रणमा

कैलाली / कैलालीको टीकापुर बजार पसेको चितुवालाई ११ घण्टापछि प्रहरीले नियन्त्रणमा लिईएको छ । बिहीबार बिहान ८ बजे टीकापुर वडा नम्बर १ मा पसेको चितुवालाई राती नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । तारको घेराबारको सहायताले चितुवालाई नियन्त्रणमा लिईएको थियाे । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको टोलीको सहयोगमा चितुवालाई नियन्त्रणमा लिईएको कैलालीका प्र...

इआइए ढिलाइले महाकाली करिडोरको काममा असर

दार्चुला / सरकारको प्राथमिकतामा रहेको महाकाली करिडोर सडक निर्माणले अझै गति लिन सकेको छैन । सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिवेदन ढिलाइले सो े काम रोकिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलासम्मको कूल २९१ किलोमिटर सडकखण्ड समयमै इआइए प्रतिवेदन नआउँदा सडकको ठेक्का नै अघि बढेको छैन...

निजी स्रोतका शिक्षकका लागि एक करोड

बैतडी / पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ । नगरभरिका साम...

दुई किलो सुनसहित दुई जना पक्राउ

धनगढी / कैलालीको चिसापानीमा गए राति प्रहरीले दुई किलो ३०० ग्राम सुन र चाँदीका पूजा सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र केसीले पूर्वबाट धनगढीतर्फ आउँदै गरेको बा१९च ७४१३ नंको जीप राति १०ः४५ बजे चिसापानीमा पुगेको समयमा चेकजाँच गर्दा उक्त परिणामको सुन र चाँदीका सामग्री बरामद भएको जानकारी दिनु...