डेरी उद्योगमा आगलागी

कञ्चनपुर / शुक्लाफाँटा नगरपालिका–५ वनसमिति बजारमा रहेको एक डेरी उद्योगमा आज अपराह्न आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । ग्यास सिलिण्डर चुहिएर सल्किएको आगोले कमल डेरीमा रहेको खोया बनाउने मेसिन, भाँडाकुँडा, २०० लिटर दूध, तिहारका लागि तयार गरिएको २० किलो खोया जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले ...

डोल्पा जीप दुर्घटना : मृत्तक सबैको सनाखत

डोल्पा / ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धर...

दुर्घटनामा एघार घाइते

कावासोती / पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सिमा आज बिहान ५ बजेको समयमा रोकिराखेको ट्रकमा बस ठोक्“िकदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । नारायणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्“िकदा ब...

मूल्य घटाएर चिनी बिक्री

धनगढी (रासस) / दशैँ तथा तिहार पर्वमा उपभोक्तालाई चिनी र नुन सहुलियत दरमा उपलब्ध गराउन सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा शनिबारदेखि चिनीको बिक्री हुन थालेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत असोजमा सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलमा केन्द्रीय कार्यालयको निर्देशनबमोजिम चिनीको बिक्री यस बीचमा झण्डै एक महीना रोकेको...

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

भीमदत्तनगर (रासस) / मलामी गएर फर्किंदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से१त ५४२२ नंको ट्र्याक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो । दुर्घटनामा गम...

महिलाले गरे मदिरा र जुवातासमा प्रतिबन्ध

अछाम / मदिरा र जुवातासका कारण गाउँ गाउँमा हुने विकृति रोक्न रामारोशन गाउँपालिका–४ बाटुलासैनका महिलाले तिहारका बेला जाँड रक्सी र जुवातास प्रतिबन्ध गराएका छन् । महिला सञ्जालको नेतृत्वमा वडाका जनप्रतिनिधिसहितको भेला गराइ तिहारको समयमा वडामा कसैले पनि मदिरा सेवन तथा बिक्री वितरण गर्न नपाइने र जुवातास खेल्न खेलाउन नपाइने निर्णय गराएका हुन । यसअघि पनि वड...

कला सिर्जनाका धनी मल्ल ओझेलमा

धनगढी (रासस) / ‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ । डोटेली भाषामा नाटक रचना गरी मुख्य अभिनयकर्ताको भूमिकामा रहेर गाउँ ठाउँमा मञ्चन गर्दै आउनुभएका कला सिर्जनाका धनी मल्लका सिर्जनाले उचित स्थान नपाउँदा ओझेलमा पर्नुभएको हो । विद्यालय अध्ययनकै क्रममा चार दशक...

कवर्डहल निर्माण अलपत्र

बाजुरा (रासस) / बाजुराको मार्तडीमा रहेको कवर्डहल निर्माण अलपत्र परेको छ । निर्माणकार्य अधुरै रहेको कवर्डहल निर्माणका लागि कतैबाट पहल नगरिँदा बीचमै अलपत्र परेको हो । सदरमुकाममा सामान्य खालको खेल मैदानसमेत नहुँदा मालिका नमूना माविसँग गुहार गर्नुपर्ने बाध्यता छ । बहुउद्देश्यीय कवर्डहल भनेर नाम दिइएको भए पनि निर्माण बीचमै छोडिदा अढाइ वर्षदेखि अलपत्र पर...

बेपत्ता सासुु र बुहारी मृत फेला

बैतडी / बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बुधवार घाँस काट्न भनेर घरबाट निस्कनुभएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती ...

आठ सय युवाले भरे बेरोजगारी फाराम

अछाम (रासस) / बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् । बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो । बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् । यस्तै धनलक्ष्मी रोजगार...