जमीनको सीमा विवादमा कोदालो प्रहार गरी हत्या

भीमदत्तनगर / जमीनको सीमा विवाद हुँदा कञ्चनपुर लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ । सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन...

सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

बैतडी / सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पन...

देश फेरिए पनि जीवन फेरिएन

बाजुरा / जिल्लाका अधिकांश गन्धर्व समुदायका लागि घरबासको व्यवस्था नहुँदा उनीहरुको त्रिपालमुनिको बास भएको छ । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्व जातिको स्थायी बासका लागि आफ्नो नाममा जमीन नभएको र जमीन नभएकै कारण उनीहरुले स्थायीरूपमा घर लगाउन नसकेकाले पुस्तौँदेखि अहिलेसम्म उनीहरु त्रिपालमुनि घरबास गर्न बाध्य भएका छन् । “दिन गन्दै महीना आयो, महीना गन...

राजश्व सङ्कलनको दायरा बढ्दै

भीमदत्तनगर / आन्तरिक राजश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी÷व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ । “चालू आवमा फागुनसम्मको लक्ष्य रु ९६ करोड ...

गाउँपालिकाले खरीद ग¥यो ८८ लाख ७८ हजारको गाडी

भजनी / कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष सकिन करीब तीन महीना मात्र बांँकी रहेका बेला विकास निर्माण तथा अन्य कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिनुको सट्टा रु ८८ लाख ७८ हजार बराबरका गाडी खरीद गरेको छ । गाउँपालिकाले यसरी गाडी खरीद गरेपछि स्थानीयवासीले जनप्रतिनिधि विकास निर्माणमा अग्रसरभन्दा पनि सुविधाभोगी भएको आरोप लगाएका छन् । गाउँपालिकामा ह...

गाउँपालिकाका अध्यक्षमाथि आक्रमण, जनप्रतिनिधिमाथि नै आक्रमण हुन थालेपछि . . .

बैतडी / बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको आरोपमा प्रहरीले गए राति चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चेश्वर–६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, सोही ठाउँका ५५ वर्षीय बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षीय हिक्मत भण्डारी रहेका छन् । उनीहरुलाई गए राति हातपात भएको ठाउँ नजिकैबाट पक्राउ गरिए...

शुक्लाफाँटा अवलोकन गर्नेको सङ्ख्या बढ्यो

भीमदत्तनगर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कञ्चनपुरका स्थानीय तहको आयोजनामा शुरु भएको पर्यटन महोत्सवसँगै यहाँ अवलोकनका लागि आउनेको लर्को लागेको छ । भीमदत्तनगरपालिकाको संयोजन तथा यहाँका नौ वटा स्थानीय तहको आयोजनामा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको दुई दिनमा निकुञ्जभित्र आन्तरिक तथा भारतीय गरी पाँच सय भन्दा...

गर्भवतीको डुबेर मृत्यु

कञ्चनपुर /  बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको आज राधा नदीमा डुबेर मृत्यु भएको छ । नदीमा लुगा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।महिला छारे रोगबाट पीडित रहेकाले लुगा धुने क्रममा डुबेपछि उठन नसक्दा मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो । गत ...

कारागारमा अभावै अभाव

कञ्चनपुर /  तीन दशक पहिले जिल्ला कारागारमा गरिएको विद्युत् वाइरिङ् जीर्ण बन्दै गएपछि दुर्घटना निम्तीने खतरा बढेको छ । जीर्ण बन्दै गएको विद्युत् वाइरिङका कारण दुर्घटना हुनसक्ने आशङ्कामा कैदीबन्दी निकै चिन्तित भएका छन् । जुनसुकै बेला पनि विद्युत् वाइरिङ शर्ट हुनसक्ने भएकाले सावधानिपूर्वक बस्नु परेको कैदीबन्दी बताउँछन् ।“विद्युत् वाइरिङ निकै पुरानो र ...

भरुवा बन्दूकसहित एक जना पक्राउ

डोटी / दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लालबहादुर धामीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी घागलको गस्तीमा गएको संयुक्त प्...