पहिरोमा पुरिएर एकैघरका तीनसहित चारजनाको मृत्यु

बझाङ / जिल्लाको खप्तड छान्ना गाउँपालिका-६ बयानामा पहिरोमा पुरिएर एकैघरका तीनजनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर स्थानीय २९ वर्षीया महेश्वरी देवी थापा, उनकी ५० वर्षीया सासु उज्जली देवी थापा र ३ वर्षीय छोरा कृष्ण थापाको मृत्यु भएको हो। कोटिखेत माविमा कक्षा १० मा अध्यनरत १८ वर्षीय मंगल थापाको पनि पहिरोमा पुरिएर मृत्यु भएको कोटिखेत मावि छान्नाका प्...

मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन

कञ्चनपुर / मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ स्थानीय तहमा सञ्चालित हरेक गतिविधिमा अपाङ्गता भएका व्यक्तिको सहभागिता सुनिश्चित गराउनका लागि नमूनाका रुपमा तथ्याङ्क संकलनको कार्य अगाडि बढाइएको हो । समावेशी सिद्धान्तका आधारमा समुदायको विकास निर्माण योजना तर्ज...

आन्दोलनकारीको ढुंगा लागेर महिला प्रहरी घाइते

कञ्चनपुर / आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागी जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत महिला प्रहरी जवान नन्दा कुँवर घाइते हुनुभएको छ । बिहीबार अटोरिक्सा चालक समूह र नेपाल विद्यार्थी संघ कञ्चनपुरले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गर्न खोज्दा सडक खोल्ने क्रममा भएको झडपमा परी कुँवर घाइते हुनुभएको हो । घाइते कँुवरको महाकाली अञ्चल अस्पतालमा ...

मल बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित

धनगढी / कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानमा रासायनिक मल बिक्री केन्द्र स्थापना गरिएको छ । मल केन्द्र स्थापना भएसँगै किसान उत्साहित भएका छन् । ठाउँमा मल बिक्री केन्द्र स्थापना भएपछि अब यहाँका किसानले मल खरिद गर्न सदरमुकाम धनगढी धाउनुपर्ने छैन । “मल बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित भएका छन्,” प्रतापपुरको किसान बहुद्देश्यीय...

ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन

कञ्चनपुर / जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४÷७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ । दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ । वर्षभरिमा २५ वट...

असी प्रतिशत मुद्दा फछ्र्यौट

भीमदत्तनगर / प्रदेश नं ७ को उच्च अदालत दीपायल महेन्द्रनगर इजलास र मातहतका जिल्ला अदालतले गत आर्थिक वर्ष २०७४÷०७५ मा ८०.२९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा उच्च अदालत दीपायल महेन्द्रनगर इजलासले पत्रकार सम्मेलनको आयोजना गरी मुद्दाको लगत, फछ्र्यौट र बाँकी रहेका मुद्दाहरुका बारेमा जानकारी गराएको हो । उच्च अदालत दीपाय...

पहाडी जिल्ला डडेल्धुराको आलितालमा डुंगा सञ्चालन

डडेल्धुरा /पर्यटन प्रवद्र्धनका लागि प्रदेश नं ७ को पहाडी जिल्लाकै ठूलो ताल आलितालमा डुंगा सञ्चालनमा ल्याइएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा रहेको आलितालमा पहिलो पटक डुंगा ल्याइएको हो । पहिलोपटक यस क्षेत्रको पहाडी जिल्लामा डुंगा भित्र्याइएको हो । पर्यटकलाई आकर्षण गर्न र उनीहरुलाई मनोरञ्जन दिनका लागि तालमा डुंगा सञ्चालनमा ल्याइएको छ । आव २...

अख्तियारद्वारा एक कर्मचारी पक्राउ

धनगढी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई रु २५ हजार रकम लिँदै गरेको अवस्थामा आज पक्राउ गरेको छ । कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाईको कार्यालयमा सेवाग्राहीबाट रु २५ हजार रकम लिँदै गर्दा यादवलाई पक्राउ गरिएको...

मुक्त कमैयाका समस्या समाधान गर्न सरकार तयार : मुख्यमन्त्री भट्ट

कैलाली / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त कमैयाका समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । मुक्त कमैया मूल आयोजक समितिले आज धनगढीमा आयोजना गरेको १८ औँ कमैया मुक्ति दिवस कार्यक्रममा उहाँले प्रदेश सरकारको नीति तथा कार्यक्रममा मुक्त कमैयाका समस्याहरू स्पष्ट रुपमा समेटिएको हुँदा यसको समाधान गर्ने कुरामा कुनै आशंका नग...

नदीमा डुबेर २ जानाकाे मृत्यु

धनगढी / कैलालीको लम्की चुहा नगरपालिकास्थित रोरा नदीमा डुबेर एक युवती र अर्की किशोरीको मृत्यु भएको छ । बुधबार दिउँसो नुहाउन गएका लम्की चुहा नगरपालिका–२ बगौराका २३ वर्ष संगीता ढकाल र १४ वर्षकी पुष्पा धमलाको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दिउँसो नदीमा नुहाउन गएका उनीहरु डुबेको खबर पाएपछि स्थानीय र प्रहरीले उद्धार...