भीमदत्तनगरमा बसको ठक्करबाट युवकको मृत्यु

कञ्चनपुर / पूर्व पश्चिम राजमार्गको कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ । से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो । चौध...

भिरबाट खसेर महिलाको मृत्यु

बाजुरा / जिल्लाको बडिमालिका नगरपालिका–९ बाउलीकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ बाउली बस्ने पेमाग्याल्बो गुरुङकी श्रीमती ४५ वर्षीया दाबासाङ्मु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभयो । गुरुङ मार्तडीको गैरीबजारमा रहेकोे बलवीर गुरुङको घरमा पूजा सके...

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

धनगढी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेलधुरा र दार्चुला जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा भएका बस दुर्घटनाबाट पुगेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री भट्टले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि, मृतकका परिवारप्रति स...

रोजगारी नभएपछि युवा भारततिर, गाउँ सुनसान

बाजुरा / यतिबेला बाजुराका अधिकांश युवा रोजगारीका लागि भारततिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु लागि भारततिर लागेका हुन् । “गाउँमा खाउँ भने मानो छैन, भएका खेतमा खडेरी लागेको छ, खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन । सिंहदरबारको अधिकार गाउँमा आयो भन्छन्, हामीलाई थाहा छैन”, परिवार पाल्न छिमेकी मुलुक भारततिर...

निर्मला हत्या प्रकरणः ‘धर्नास्थलमा नेताको ओइरो, प्रहरी भन्छ, अनुसन्धानमै छौँ’

भीमदत्तनगर / कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कारवाहीको दायरामा ल्याउन माग गर्दै लामो समयदेखि दौडधुपमा रहनुभएका उहाँका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त अन्ततः दबाबका निम्ति धर्नामा बस्नुभएको छ । यसअघि काठमाडौँ पुगेर प्रधानमन्त्रीदेखि गृहमन्त्री हुँदै प्रतिपक्षी दलका नेतासम्मलाई छोरीको हत्याराल...

बस दुर्घटना अपडेट : ज्यान गुमाएका १८ जनाको सनाखत

डोटी / डडेल्धुरा–डोटी जोड्ने डा केआई सिंह राजमार्गको रडुवा खोलामा विहीबार साँझ भएको डोटीको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कूलको बस दुर्घटनामा परी ज्यान गुमाएका १८ जनाको सनाखत सनाखत भएको छ । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिनुभएको जानकारीअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा कैलाली गोदावरी नगर...

जन्मदिनको खर्च कटाएर अपाङ्गतालाई सहयोग

बैतडी / पछिल्लो समयमा हजारौँ रकम खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेका बेला बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपाङ्गता भएका परिवारका लागि खर्चिएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो २७औँ जन्मदिनको अवसरमा खर्च जोगाएर दशरथचन्द नगरपालिका–२ देहिमाडाँै निवासी अपाङ्गता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गर्नुभएको हो । ...

बस दुर्घटनामा एकको मृत्यु अठार घाइते

दार्चुला / मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अ...

दलित अगुवा विकको निधन

बाजुरा / दलित अगुवा, नेकपाका नेता एवं बूढीगंगा नगरकार्यपालिका सदस्य टीका विकको बुधवार निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका विकको ४१ वर्षको उमेर निधन भएको पारिवारिक स्रोतले बताएको छ । पित्तथैली र पेटको समस्याका कारण दिल्लीमा उपचार गराइरहनुभएका विकको अस्पतालमै उपचारका क्रममा निधन भएको आफन्त समेत रहनुभएका नेकपाका नेता भरत थापाले जानकारी ...

दुई हजार चारसय परिवारलाई लालपुर्जा वितरण

अत्तरिया / राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपुर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेडामा ...