रोकिएन छाउपडी गोठ बनाउन

डोटी / छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा जोरायल गाउँपालिका–५ धुपारी गाउँमा तीन ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तह...

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

अत्तरिया / सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो । आयोगका कार्यालय प्रमुख बाराम खतिवडाले गत आर्थिक वर्षमा एक हजार २७७ भ्रष्टाचारको मुद्दा दर्ता भएकामध्ये धेरैजसो उजुरी स्थानीय सरकारविरुद्ध रहेको जानकारी ...

अछाम जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गरिँदै

अछाम / अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन् । साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ । छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ । मङ्गलसे...

प्रहरी हवल्दार मृत्यु प्रकरण : छानबिन टोली घटनास्थलमा

जाजरकोट / जाजरकोटको दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार आत्महत्या घटनाको विशेषमा अनुसन्धान गर्न सुर्खेतबाट प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दास नेतृत्वको छानबिन टोली आज त्यहाँ गएको छ । यही पुस २७ गते नलगाड नगरपालिका–७ दल्लीमा कार्यरत ३५ वर्षीय भोजबहादुर कठायतले आत्महत्या गरेको घटना बाहिर आएको थियो । यद्यपि मृतक कठायतका धर्म...

सशस्त्र प्रहरी द्वारा रुमाल बरामद

कञ्चनपुर / कञ्चनपुरको महाकाली नगरपालिकाबाट भन्सार छलेर भारत निर्यात हुन लागेको रु २६ लाख ८८ हजार बराबरको महिला रुमाल (गम्छा) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । महाकाली नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी पोष्टले भारत निर्यात हँुदै गरेको अवस्थामा भारतीय नम्बरको युपे १८ सिए ४८९२ नम्बरको ट्रकबाट हालै सो मूल्य बराबार रुमाल नियन्त्रणमा लिएको प...

थारु समुदायमा‘भलमन्सा’ चुन्ने तयारी, ‘वडघर’ बैठक बस्दै

धनगढी / कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिरहनुभएको छ । परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्ने ‘भलमन्सा’ पदमा उहाँको परिवारका सदस्यले दशकौँदेखि बसेर समुदायको नेतृत्व गर्दै आएको छ । “बाजे हीरालाल चौधरी, बुबा बाबुर...

अवरुद्ध पहलमानसिंह स्वाँर राजमार्ग खुला

डोटी / तीन दिनदेखिको लगातारको वर्षात्का कारण पहिरो आउँदा अवरुद्ध भएको अछाम डोटी जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग सञ्चालन भएको छ । उक्त राजमार्गको सिलगढीस्थित उडितोला नजिक बुधबार राति पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । पहिरोले राजमार्ग अवरुद्ध हुँद...

सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स

डोटी / सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स दुर्घटना हुने जोखिमको डरले कतिपय चालकले त चलाउनै छोडि...

नौ महिनादेखि शिक्षकले तलब पाएनन्

कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् । चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षकले तलब पाउन नसकेका हुन् । विद्यालयमा कार्यरत शिक्षक शेरसिंह ...

हिमपातले जनजीवन प्रभावित

बैतडी / मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा हिमपात शुरु भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । मङ्सिर अन्तिम साता यो वर्ष पहिलोपटक हिमपात भएको थियो । गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प...