प्रतिष्ठानमा रक्तसञ्चार केन्द्र स्थापना

जुम्ला/ पश्चिम नेपालकै ठूलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा शुक्रबार रक्तसञ्चार केन्द्र (ब्लर्ड बंैक) स्थापना गरिएको छ । कर्णालीमा अधिकांश मानिस बिरामी पर्दा सधैँजसो रगतको खोज गर्नपर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रतिष्ठानले रक्त सञ्चार केन्द्र स्थापना गरेको हो । यहाँका आम नागरिक बिरामी हुँदा रगतका लागि नेपाली...

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

दुल्लु / दैलेखको महाबुु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो ...

जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट / जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ । उहाँ भन्नुहुन्छ, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदी...

गाउँले दूषित पानी पिउन बाध्य

जुम्ला / स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताउनुभय...

दैलेख जीप दुर्घटना : पाँच जनाको मृत्यु

दुल्लु / दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ नजीक दुर्घटनामा पर्दा तीन जनाको घटना थलमै मृत्यु ...

जिप दुर्घटनामा दुईको मृत्यु

दुल्लु / सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमक...

जीवन रक्षाको दोसाँधमा राउटे

सुर्खेत / राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला, रुघाखोकीले थलिएका देखेर उहाँ छट्पटिनुहुन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गर्नुभएका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना ...

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

सुर्खेत / कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्र्यसनी मानव समाजको क्यान्सर भएको बताउनुभएको छ । प्रदेश प्रहरी श्रीमती सङ्घ, कर्णाली प्रदेशद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित ‘लागुऔषध विरुद्धको जनचेतनामूलक’ समापन कार्यक्रममा बोल्दै कानूनमन्त्री भण्डारीले लागुऔषध दुव्र्यसनी समाजमा भयानक बन्दै गएको बताउनुभयो...

गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

जाजरकोट / छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ । उहाँकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माउनुभयो । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याउनु भएको हो । ...

न्यायिक समितिलाई गति दिन मुस्किल

जाजरकोट / पूर्वाधार र कर्मचारीको अभावमा स्थानीय तहमा गठित न्यायिक समितिलाई काम गर्न कठिन भएको सरोकारवालाहरूले बताएका छन् । नलगाड नगरपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बालकुमारी शर्माले बजेटका साथै कर्मचारी पनि नहुँदा न्याय सम्पादनमा कठिन भएको बताउनुभयो । दर्ता–चलानीदेखि न्यायसम्पादनका काम सबै एक्लै गर्नुपरेको पीडा उहाँको थियो ।पर्याप्त बजे...