पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

जाजरकोट / बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।” गिट्...

टेलिफोन सेवा अवरुद्ध

डोल्पा / गएरातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा सञ्चालन नहुँदा जिल्लाको सञ्चार सेवा बिच्छेद भएको छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ लइटी डाँडामा रहेको रिपिटर टावरमा खराबी आएपछि गएरातिदेखि डोल्पाको सदरमुकाम दुनै र अन्य ठाउँको टेलिफोन सेवा अवरुद्ध भएको हो । यही टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा सञ्चार प्रवाह हुँदै आएको थियो । ...

विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’

नेपालगञ्ज / प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’ मा सहभागी स्थानीय सरकारका ...

इतिहास भजाएर मात्र जनताले विश्वास गर्दैनन् :- काङ्ग्रेस नेता सिंह

सुर्खेत / नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।” पूर्वमहामन्त्री...

शान्ति सुरक्षा अभियान प्रारम्भ

वीरेन्द्रनगर / कर्णाली प्रदेशमा आपराधिक तथा महिला हिंसाका घटना नियन्त्रणका लागि शान्ति सुरक्षा अभियान सञ्चालन गरिएको छ । यहाँको मुख्य समस्याको रुपमा रहेको महिला हिंसा, लागुऔषध तथा सडक दुर्घटना न्यूनीकरणका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको शान्ति सुरक्षा अभियान अन्तर्गत सञ्चालित महिला हिंसा र लागूऔ...

तीन दिन देखि विद्युत् आपूर्ति बन्द

दैलेख / दैलेखमा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीसँगै पोल ढलेका कारण शुक्रबारदेखि विद्युत आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति नहुँदा स्थानीयवासीले सास्ती व्यहोर्नुपरेको छ । सुर्खेतको गरगरेमा छ वटा बिजुलीका पोल ढलेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दैलेख प्रमुख धीरेन्द्र बजगाईंले बताउनुभयो । उहाँले ढलेको पोल बनाइसकेको ,...

स्वास्थ्य संस्थामा जीवनजलको पनि अभाव

जुम्ला / जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजलसमेतको अभाव रहेको छ । गाउँपालिकाले समयमा औषधि नपठाउँदा यस्तो अभाव भएको हो । स्थानीय विन बुढाका अनुसार अहिले सुक्खा मौसममा झाडापखालाको सिजन छ, तर स्वास्थ्यचौकीमा जीवनजलसमेत नहुँदा समस्या भएको छ । उहाँले भन्नुभयोे, “स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि...

गाउँमै चामल

सिञ्जा / कनकासुन्दरी–५ बडुवालबाडाका परेगराज बडुवाल विसं २०४५ मा पहिलो पटक खाद्य संस्थानको चामल लिन खलङ्गा पुग्नुभयो । उहाँले त्यहाँ पुग्दा एक दिन र फर्किदा दुई दिन लगाएर जम्मा ३० केजी चामल मात्रै ल्याउन पाउनुभयो । तत्कालीन गाविसबाट कुपन लिएर तीन दिन लगाएर संस्थानको चामल ल्याउनुपरेको उहाँले अहिले पनि ती दिन झलझली सम्झिदै भन्नुभयो, “सडक नपुग्दासम्म...

पर्यटनको गुरुयोजना बनाइने

जाजरकोट / पर्यटन, ऊर्जा र जडीबुटीलाई प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्ने भएको छ । सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार कर्णाली प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गर्न लागेको हो । पर्यटन गुरुयोजना निर्माण गर्नका लागि कर्णाली प्रदेश सरकारले छ जना प्राविधिक विज्ञको टोल...

जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु

खलङ्गा / जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताउनुभयो । प्रमुख...