कर्णाली प्रदेश सरकारद्वारा कानूनविपरीत रकमान्तर

सुर्खेत / कर्णाली प्रदेश सरकारका तीन मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ को अन्त्यमा कानूनविपरीत ठूलो रकम रकमान्तर गरेको पाइएको छ । सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले गरेको अध्ययनअनुसार ऐनविपरीत रु दुई अर्ब बढी रकमान्तर गरेको पाइएपछि समितिले मङ्गलबार सम्बन्धित मन्त्रीलाई बोलाएर स्पष्टीकरण लिएको छ । समितिको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्...

मुख्यमन्त्री शाहीद्वारा सुझाव सङ्कलन

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुसँग सुझाव सङ्कलन गर्नुभएको छ । कर्णाली प्रदेशअन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उहाँले सुझाव लिनुभएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभा...

हात भाँच्चिएकी शिक्षिकाको हेलिकप्टरबाट उद्धार

डोल्पा / डोल्पामा घोडाबाट लडेर हात भाँच्चिएकी एक शिक्षिकाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१ बस्ने ३३ वर्षीया नवनियुक्त शिक्षिका यशोधा वलीको घोडाबाट लडेर दायाँ हात भाँच्चिएपछि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो । बिहिबारमात्रै शिक्षा विकास तथा समन्वय एकाइबाट नयाँ नियुक्ति लिनुभएकी वली आफू पदस्थापना भएको उप...

चिसोले सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारियो

सिमकोट / हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको ज...

पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

जाजरकोट / विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्याल...

प्रहरी चौकी अगाडि रुखबाट लडेर एक जनाकाे मृत्यु

जाजरकोट / नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका...

कर्णालीमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

सुर्खेत / कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको छ । नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले कर्णालीका सुर्खेतबाहेक बाँकी नौ जिल्लाका प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचन क्षेत्रीय ...

तीन वर्षदेखि इलाका प्रशासन बन्द

हुम्ला / हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय स्थापना भएको ठीक तीनदेखि बन्द नै रहेको छ । कार्यालय सहयोगीले मन लागे कार्यालय खोल्ने मन नलागे बन्द गरी बस्ने गरेका छन् । कर्मचारी नहुँदा ताजाकोट, चङ्खेली, अदानचुली, सर्केगाड गाउँपालिकाका बासिन्दा सदरमुकाम सिमकोट धाउन बाध्य छन् । सरकारले साविक १० गाउँ विकास समितिका बासिन्दाल...

पत्रकार बोहोरालाई उपचार खर्चको अभाव

हुम्ला / आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उहाँलाई खर्चको अभाव भएको हो । उहाँ यही असोज ११ गतेदेखि बिरामी हुनुभएको थियो । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ लगिएको हो । सिमकोट गाउँपालिका– २ का २९ वर्ष...

सामूहिक बलात्कारको आरोपमा सात जना पक्राउ

सुर्खेत / वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश ब...