ढुङ्गा लागेर दुईको मृत्यु

डोल्पा / डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर आज दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो । मृत्युहुनेमा रुकुम आ...

जीप दुर्घटनाएकको मृत्यु, ६ घाइते

रुकुम / रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिकाको छारेबगबाट गोतमकोटतर्फ गइरहेको रा१ज ५९०२ नंको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । दुर्घटनामा परी आठविसकोट नगरपालिका–४ गोतमकोटका ३२ वर्षीय कर्ण बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उप...

गोरुले हान्दा विष्टको मृत्यु

जाजरकोट / आठबिसकोट नगरपालिका–९, रुकुम पश्चिमका ३४ वर्षीय वीरजङ विष्टको गोरुले हान्दा मृत्यु भएको छ । आज बिहान आफ्नै गोरुले हान्दा मृत्यु भएको स्थानीय तेजेन्द्र बटालाले जानकारी दिनुभयो । मकै रोप्नका लागि जग्गा जोत्न लैजाँदै गर्दा गोरुले हानेको बटालाले बताउनुभयो ।\ PURBELI TV

आगलागीबाट गाउँ नै खरानी खरानीमा परिणत

मुगु / आज बिहान ९ बजेदेखि आगलागी हुँदा यहाँको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् । आगलागीपीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् । आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।स्था...

अमेरिकामा एक रुकुमेलीको मृत्यु

रुकुम / आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो । एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उहाँको आइतबार बिहान निधन भएको मृतकका मामा चन्द्र बु...

कर्णाली प्रदेशमा असिनापानीले लाखाैँको क्षति

सुर्खेत ।  कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विमला केसीले बताउनुभएको छ । मन्त्री केसीले हावाहुरीसहित परेको असिनापानीले कर्णालीका विभिन्न जिल...

यार्सागुम्बा तस्कर पक्राउ

त्रिपुराकोट / बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन् । डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ परेका हुन् । तीमध्ये ११ जना महिला छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त ...

चट्याङ लागेर किशोरीको मृत्यु

रुकुम / सानीभेरी गाउँपालिका–१० झारपोखरीमा आज अपराह्न चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर ११ वर्षीया बिमला खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । PURBELI TV

दुर्घटनामा एकको मृत्यु

रुकुम / रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ६ झुल्नेटामा रा४प ३२७९ नंको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक ३२ वर्षीय कृष्णबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा मोटरसाइकल पछाडि बसेका मुसीकोट नगर...

छ दिनमै बालविवाह रद्द

रुकुम / विवाह गरेको ६ दिनमै यहाँका एक जोडीको विवाह रद्द भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका–३ का १७ वर्षीय एक बालक र वडा नं ४ की १९ वर्षीया बालिकाबीच भएको विवाह रद्द भएको हो । उम्मेर नपुग्दै बाल विवाह गरेको भन्दै यहाँ रहेका मौराखारा वडास्तरीय बाल सञ्जालले प्रहरीसमक्ष निवेदन दिएपछि विवाह रद्द भएको हो । आज प्रहरी चौकी सिम्लीमा दुवै पक्षको छल...