कृषि विकास वस्तु आयोजना सम्पन्न

सुर्खेत / कृषिका क्षेत्रमा काम गर्दै आएको उच्च मूल्य कृषि विकास वस्तु आयोजना सम्पन्न भएको छ । उक्त आयोजना सात वर्षदेखि कर्णाली प्रदेश र प्रदेश नं ७ मा सञ्चालनमा थियो । नेपाल सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय तथा कृषि विकास लागि अन्तर्राष्ट्रिय कोष (इफ्याड)बीच सो आयोजना सञ्चालनका लागि २०६७ सालमा सम्झौता भएको हो । सो आयोजनाको लागत रु एक ...

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभारा : मुख्यमन्त्री शाही

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताउनुभएको छ । चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी विकाससहितको समाजवादी राज्य व्...

वीरेन्द्रनगरमा वृक्षरोपण

सुर्खेत / वीरेन्द्रनगर नगरपालिका ७ स्थित एयरपोर्ट तीनकुने चोकलाइन– ५ स्थित कारगार नजिकको मैदानमा वृक्षरोपण गरिएकोे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा फलफूल तथा मसालाजन्य बिरुवा रोपिएको हो । श्रम र संविधान दिवसको पूर्वसन्ध्यामा वृक्षरोपण शुभारम्भ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुलुकमा संविधानको...

कर्णाली गरीब थिएन तर बनाइयो : मुख्यमन्त्री शाही

सुर्खेत / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित “स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी”को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली क्षेत्रलाई गरीब बनाइएको जिकिर ...

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट / यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा कार्यालय राखेर काम गर्दै आएको वर्ष दिन बित्यो । उता लिम्सामा सम्पर्क कार्यालय भए पनि सबै काम सदरमुकामबाटै हुने गरेको छ । गाउँपालिकाका लेखाप...

अवैध काठ बरामद

सुर्खेत / सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी निवासी विरोध वलीको घरबाट अवैध काठ बरामद गरेको हो । वलीको घरमा छापा मार्दा लुकाई–छिपाई राखेको अवस्थामा ६३ थान (६६.८८) क्यूफिट काठ रितपूर्वक बरामद गरिए...

चट्याङ लागेर मृत्यु

सुर्खेत / गएराति १ बजे सुर्खेतको पूर्वी भागको गुर्भाकोट नगरपालिका – १४ सुर्खेत जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको चट्याङ लागेर मृत्यु भएको छ । एकतले खरले छाएको घरमा चट्याङ पर्दा कामीसहित गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर मरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । चट्याङले कामी पत्नी ४८ वर्ष...

बालश्रमिकको सङ्ख्या घट्यो

रुकुम पश्चिम / रुकुम (पश्चिम) मा बाल श्रमिकको सङ्ख्या घटेको छ । जिल्ला बालकल्याण समितिको प्रतिवेदनमा जिल्लामा वर्षेनी बाल श्रमिकको सङ्ख्या घट्दै गएको पाइएको हो । प्राप्त तथ्याङ्कनुसार जिल्लामा विसं २०७० मा दुई बालिका साहित ४१, २०७२ मा तीन बालिका २७ र २०७४मा दुई बालिका सहित १७ बालक श्रमिक रहेका मा अहिले तीनजना मात्र बालश्रमिक फेला परेको जिल्ला ब...

एक कल फोन गर्न डाँडामा

जाजरकोट / यहाँको पश्चिम भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ । जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर...

जाजरकोटका खच्चड मालिक भए गाडी मालिक

जाजरकोट / जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गर्नुभयो । उहाँकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा...