ग्रामीण भेगमा पाठेघर समस्या

जुम्ला / पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गर्नुभयो । उहाँको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उहाँले भन्नुभयो, “सधँै गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्त...

भेरी बबई डाइभर्सन : दुई प्रदेशबीच मतभेद शुरु– १

सुर्खेत / राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भे...

मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक

 सुर्खेत / मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताउनुभयो । “मानव बेच...

मेरुदण्ड भाँचिएर आठ वर्षदेखि ओछ्यानमै

डोल्पा / त्रिपुरासुन्दरी नगरपालिका–७ बस्ने ४९ वर्षीय हरिमान रोकाय जीवनमरण दोसाँधमा हुनुहुन्छ । उहाँ आठ वर्षदेखि ओछ्यानमै थला पर्नुभएको छ । शरीरलाई चलायमान राख्ने मेरुदण्ड (ढाड)नै भाँचिएपछि उहाँ थला पर्नुभएको हो । विसं २०६८ वैशाख १ गते छतको छेउमा सुतिरहेको बेला त्यहाँबाट खसेर उहाँको मेरुदण्ड भाँचिएको थियो । स्थानीय अहेवले ७२ घण्टभित्रै उपचारका ला...

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

धम्बोजी / कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका...

यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक

खलङ्गा, २८ चैत (रासस) : जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा ...

कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र

सुर्खेत / शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्ख...

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पा / नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् । महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय...

एम्बुलेन्समा मनपरी भाडा असुली

खलङ्गा / जुम्लाको पातारासी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्सले मनपरी भाडा लिने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । गाउँपालिकाको एम्बुलेन्सले एकै स्थानबाट फरक–फरक भाडा लिएको उनीहरुले गुनासो गरेका हुन् । एम्बुलेन्सले गाउँपालिका–४ लुमबाट पाँच किलोमिटरको दूरीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासम्म व्यक्तिपिच्छ...

स्थानीय तहमा बैंक स्थापना नहुँदा सेवाग्राहीलाई समस्या

जाजरकोट / जाजरकोटका तीन स्थानीय तहमा बैंक स्थापना नहुँदा सो सम्बन्धी कारोवारका लागि स्थानीयवासी सदरमुकाम खलङ्गा जान बाध्य छन् । बैंक कारोबारका लागि सुरक्षा व्यवस्था प्रभावकारी नहुँदा जिल्लाका जुनिचाँदे, बारेकोट र कुशे गाउँपालिकामा बैंक स्थापना हुन नसकेको हो । ती गाउँपालिकाको बैकिङ्ग कारोवारदेखि कार्यालय सञ्चालन समेत सदरमुकामबाट नै हुँदै आएको छ । ...