गाउँसभाबाट २१ वटा कानून अनुमोदन

जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो । बजार अनुगमन निर्देशिका, पूर्वाधार व्यवस्थापन ऐन, स्थानीय शिक्षा ऐन र सहकारी ऐनि २०७६ लगायत २१ कानून गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो ।...

७५ वर्षीया वृद्धालाई नागरिकता

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की बृद्धा तुथकली बस्नेतले बल्ल ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उहाँले सो प्रमाणपत्र बनाउनुभएको हो । बृद्धा बस्नेतले २००१ वैशाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाउनुभएको थि...

सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा

जाजरकोटलगायत कर्णाली प्रदेशका डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन थालेको छ । लोपोन्मुख जङ्गली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिन लागेको टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यत...

दुई सय परिवारलाई सौर्य बत्ती वितरण

सानीभेरी गाउँपालिका–१० का आधा दर्जन बढी टोलका २०० परिवारले सोलार बत्तीको उज्यालोमा बस्न पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) जिल्ला समन्वय एकाइले वडाका २०० घरपरिवारलाई सोलार उपलब्ध गराएको हो । वडाका तिमिले, चिन्तु, सार्कीमारे, घण्ठाना, डाँडाअर्मा, दाब्रेखोला, लाहौरडेरा र भेरीटोलका नागरिकलाई ७६ प्रतिशत अनुदानमा सोलार उपलब्ध गर...

अभद्र व्यवहार गर्ने महिला पक्राउ

सुर्खेत/ बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गाल...

आगोले पोलिएका बालकको उपचारमा समस्या

दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ । उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानब...

ड्युटीमा बसेका प्रहरी हवलदारको मृत्यु

हुम्ला / जिल्ला प्रहरी कार्यालयमा ड्युटी बसेका प्रहरी हवलदार दैलेख नारायण नगरपालिका १ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको छ । ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक रामबहादुर घर्तिमगरले जानकारी दिए । हृदयघातले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको जिल्ला अस्पत...

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी निशा नेपाली र ओदानचुली गाउँपालिका–१ का ३५ वर्षीया राजकला महतारालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । १...

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

दुल्लु / सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा ...

कालिकोटमा जीप पल्टिँदा २५ घाइते

कालिकोट / कालिकोटमा तरकारी बोक्ने जीप पल्टिँदा २५ जना घाइते भएका छन्। जिल्ला सदरमुकाम मान्म बजारदेखि करिब ४ किलोमिटर दुरीमा रहेको पंचदेवल माध्यामिक विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा हिँडेका खेलाडी र दर्शक बोकेको जीप जिल्ला अस्पताल मोडमा पल्टिँदा २१ जना घाइते भएका हुन्। प्रहरीकाअनुसार क्षमताभन्दा बढी यात्रु बोकेर कार्यक्रमस...