मुगु कारागारको भवन प्रयोगविहीन, थुनुवा जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता

मुगु / मुगुमा कारागारको भवन हुँदा पनि यहाँका थुनुवा कैदीलाई छिमेकी जिल्ला जुम्ला स्थान्तरण गर्ने गरिएको छ । भवन निर्माण कार्य सम्पन्न भइसक्दा पनि शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हालसम्म हस्तान्तरण नगर्दा यहाँका कैदीहरूलाई जुम्ला स्थान्तरण गरिएको हो । अहिले सो भवन प्रयोगविहीन छ । कारागार कार्यालय मुगुकाअनुसार कार्या...

बारेकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

जाजरकोट / जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ । शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो ।

मनाङका स्थानीय तह प्रशासकीय अधिकृत विहीन

मनाङ / मनाङका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन् । सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत समेत जिल्लामा आइपुग्नुभ...

आइतबारदेखि मालपोत कार्यालय सञ्चालनमा आउने

कर्णाली / कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनःअर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलि...

मनाङका सरकारी कार्यालय प्रमुखविहीन

मनाङ / जिल्लामा आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालय प्रमुखविहीन भएका छन् । कोही घर बिदामा कोही प्रदेश मन्त्रालयमा वार्षिक प्रतिवेदन बुझाउने बाहनामा प्रमुखले जिल्ला छोडेपछि सरकारी कार्यालय प्रमुखविहीन भ...

एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प

सिमकोट / हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिङ्कको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो । टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत...

दश महिने शिशु अपहरण गरी बेपत्ता पारेका अभियोगमा पक्राउ

जुम्ला / जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो । जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गर...

भदौ ४ गते सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश सरकारको स्थापना दिवसको अवसरमा भदौ ४ शुक्रबार सार्वजनिक विदा दिइने भएको छ । त्यसैगरी कर्णालीमा यसवर्ष अष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक विदा दिने भएको छ ।

बाढीले बगाएर १० वर्षीय बालक सहित एकै घरका तीनजनाको मृत्यु

जुम्ला / अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थाप...

कार्यालय परिसरमै मृत अवस्थामा भेटिए सशस्त्र प्रहरी जवान

धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वाटरमा कार्यरत एक जना सशस्त्र प्रहरी जवान आज कार्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । डडेल्धुरा भागेश्वर–१ का ३१ वर्षीय हरिशकुमार शाही कार्यालय परिसरभित्र पानी जमेको स्थानमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकार...