फरार अभियुक्त सात वर्षपछि पक्राउ

तुलसीपुर / कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा २०६८ साल असार २८ गते धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका–१ भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको हो । घर्ती र बुढाले संयुक्तरुपमा दक्षिण ...

सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज / सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी क...

नेपालगञ्जमा फुटबल प्रतिष्ठान बन्ने

नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीस्थित विशालनगरमा फुटबल प्रतिष्ठान बन्ने भएको छ । प्रतिष्ठान निर्माणका लागि वडा कार्यालयको समन्वयमा स्थानीय गोकुलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले २३ कठ्ठा जग्गा बाँके जिल्ला फुटबल सङ्घलाई उपलब्ध गराएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतिष्ठान निर्माणका लागि रु पाँच लाख उपलब्ध गराएको सङ्घका ...

धुवाँमुक्त अभियान गतिहीन

रोल्पा / जिल्लामा सञ्चालित ‘घरभित्रको धुँवामुक्त अभियान’ गतिहीन बनेको छ । सन् २०१७ भित्र सम्पन्न गर्नुपर्ने घरभित्रको धुवाँमुक्त अभियानले समयसीमा नाघेको नौ महिना भइसक्दा पनि तीव्रता लिन सकेको छैन । जिल्लामा करीब ४३ हजार घरधुरी रहेकामा असार मसान्तसम्म करीब १६ हजार घरधुरीले मात्र सुधारिएको चुलो जडान गरेका छन् । अझै २७ हजार परिवार सुधारिएको चुलोबाट वञ...

विमानस्थल फोहरले दुर्गन्धित

बाँके / नेपालगञ्जको राँझा विमानस्थललाई पश्चिम नेपालको एकमात्र भरपर्दो विमानस्थलका रूपमा लिइन्छ । दैनिकजसो विशिष्ट व्यक्ति तथा पर्यटक ओहोरदोहोर गर्ने यो विमानस्थल अहिले फोहरले दुर्गन्धित बनेको छ । मानसरोवरको मुख्यद्वारका रूपमा रहेको यो विमानस्थलबाट यतिबेला मानसरोवर तीर्थयात्रामा जाने पर्यटकको ओहोरदोहोर बढ्दै आएकाले राँझाचोकलाई ‘मानसरोवर गेट–वे’का रु...

कपिलवस्तुमा गर्भवती महिला बलात्कृत, अभियुक्त पक्राउ

तौलिहवा / कपिलवस्तुमा एक गर्भवती महिला बलात्कृत भएकी छिन् । जिल्लाको विजयनगर गाउँपालिका ७ की अन्दाजी ३८ वर्षीया महिला बलात्कृत भएकी हुनु । उनको आठ महिनाको गर्भ रहेको बताइएको छ । घरमा श्रीमान नभएको मौका छोपी गत भदौ १२ गते राति १० बजेतिर ती महिला माथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जनाले महिलामाथि बलात्कार गरेका हुन् ।...

मकैमा डाँठ कुहिने रोग

तुलसीपुर / धान र मकै बालीमा विभिन्न रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग र मकैमा डाँठ कुहिने रोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखापरेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् । ‘‘गबारो रोगले धान बाली सखाप पार्न थाल्यो,’’ तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीका राजन चौधरीले भन्नुभयो । धान बालीमा रोग देखिएपछि किसान कृषि सेवा केन्द...

मह प्रशोधन गृह निर्माण

तुलसीपुर / जिल्लामा पहिलो पटक मह प्रशोधन गृह निर्माण गरिएको छ । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको पूरक अनुदानमा मह सङ्कलन, प्रशोधन र बजारीकरण उप–आयोजनाअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–६ मा सो प्रशोधन गृह निर्माण गरिएको हो । एक सय ९ मेट्रिक टन मह सङ्कलन गर्न सकिने सो प्रशोधन गृहको लागत रु एक करोड ९३ लाख २१ हजार रहेको निर्माण कम्पनी स्वर्गद्...

खाल्डाखुल्डी पुर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज / तीन वर्ष अघि निर्माण सम्पन्न नेपालगञ्जको राँझादेखि जमुनहासम्मको सडकमा परेका खाल्डाखुल्डी नेपालगञ्ज उपमहानगरपालिकाले पुर्न थालेको छ । सडकको दयनीय अवस्थाका कारण नेपालगञ्ज उपमहानगरपालिकाले अहिले सडकका खाल्डाखुल्डी मर्मतमा लागेको हो । “खाल्डाखुल्डीमा परेर सवारी साधन दुर्घटना भयो नागरिकको ज्यान नै सङ्कटमा पर्ने कुरालाई दृष्टिगत गरी मर्मतको क...

कृषकलाई औषधि हाल्ने ट्याङ्की वितरण

तुलसीपुुर / तुलसीपुर उपमहानगरपालिका–१ ले कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई बालीमा औषधि हाल्ने ट्याङ्की वितरण गरेको छ । कृषकको बाली सुधार गर्न र उत्पादन बढाउनका लागि वडामा रहेका २१ टोल विकास संस्थालाईे ट्याङ्की वितरण गरिएको होे । वडाध्यक्ष लक्ष्मण भण्डारीले वडामा व्यावसायिक कृषि प्रणालीको विकासका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने बताउनुभ...