२१ जुवाडे पक्राउ

घोराही / दाङ गढवामा गए राति रु एक लाख ७५ हजार नगदसहित छ जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय गढवाको गस्ती टोलीले गढवा–६ बालापुरस्थित नारायण पोखरेलको घरमा जुवा खेलिरहेको अवस्थामा जुवाडेलाई पक्राउ गरिएको हो । गढवा गाउँपालिका–६ निवासी होमराज रिजाल, नारायण पोखरेल, राजन रोका, मोहनसिंह बुढामगर, राजमन...

झडपमा नौ घाइते, १० पक्राउ

खजुरा / बाँके जिल्लाको जानकी गाउँपालिका–५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा विवाद हँुदा दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । प्रहरीले सो घटनामा संलग्न १० युवालाई नियन्त्...

दीपावली गर्दा आगलागी

तौलिहवा / कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मी पूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । आगलागीबाट करीब रु चार लाख १५ हजार मूल्य बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थानीय र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलको ...

चरेससहित तीनजना पक्राउ

मुसिकोट / लागु औषध चरेससहित आठबीसकोट नगरपालिका–१३ भल्मबाट प्रहरीले आज तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका–९ का ४२ वर्षीय इन्द्र चन्द, ३८ वर्षीय कर्णबहादुर शाही र सिद्धकुमाख गाउँपालिका सल्यानका ६० वर्षीय हिक्मत बुढाथोकी रहेका छन् । लागुऔषध चरेस ओसार–पसार भइरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्...

पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध

घोराही / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताउनुभएको छ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा निकायलाई नहुने बताउनुभयो । मुख्यमन्त्री पो...

तिहारमा आम्दानीको स्रोत झिनियाँको व्यापार

बेझाड, पाल्पा (रासस) : तिहारमा विशेष परिकार तथा कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ (झिलियाँ) को व्यापार महिलाको राम्रो आम्दानीको स्रोत बनेको छ । तिहार पर्वमा बढी प्रयोगमा आउने झिनियाँ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक ढङ्गले महिलाले यो व्यवसाय अपनाएका छन् । पाल्पाको सदरमुकाम तानसेन, रामपुरलगायतका विभिन्न ठाउँका महिलाले यसको व्यापारबाट...

चार सडक मर्मत गरिँदै

लमही (रासस) / सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म, राप्ती राजमार्गअन्तर्गत लमहीको अमिलियादेखि सल्यानको चोरखोलासम्म, सोही सडक खण्डको चो...

लागुऔषधसहित दुई जना पक्राउ

पर्वत / प्रहरीले लागुऔषधसहित दुई जनालाई सोमबार सदरमुकाम कुश्माबजारबाट पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित कुश्मा नगरपालिका–६ बाट २२ वर्षीय दिनेश पुन र १९ वर्षीय सुरज पुनलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न १२२ थान लागुऔषध र चरेस बरामद गरिएको छ । प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार दिनेशको कोठाबाट नरफिन ३५ थान, फेनरागन ४४, डाइजेपाम ...

सहुलियतको चामल बिक्री वितरण

लमही (रासस) / नेपाल खाद्य संस्थान राप्ती कार्यालय, दाङले एक महिनामा करीब ५० क्विन्टल मात्रै चामल बिक्री गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी कार्यालयले ५०० क्विन्टल सहुलियतको चामल बिक्री गर्ने योजना बनाएको थियो । खाद्य संस्थान दाङका प्रमुख माधव मिश्रका अनुसार कार्यालयबाट सोना मनसुली १३ क्विन्टल र जिरा मसिनो २५ क्विन्टल बिक्री भएको छ । ...

स्थानीय युवाको लगानीमा साबुन उद्योग सञ्चालन

मुसिकोट (रासस) / रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी प्रशस्त पाइने भएकाले उद्योग सञ्चालन गरिएको कम्पनीका सहनिर्देशक वीरबहादुर कामीले बताउनुभयो । पहिलो चरणमा करीब दुई ...