नेता चौधरीको दाहसंस्कार

तौलिहवा / शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका शुद्धोधन गाउँपालिका वडा नं ४ का राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको आज दाहसंस्कार गरिएको छ । हत्या गरिएका ३० वर्षीय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता चौधरीको शुद्धोधन गाउँपालिकास्थित सन्त घाटमा हिन्दू धर्म परम्पराअनुसार सर्वसाधारणको ठूलो उपस्थितिमा दाहसंस्कार गरिएयो । हत्याको आरोपमा मृतक...

हाटबजारका तरकारीको पनि विषादी अवशेष परीक्षण

खस्यौली / रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले तरकारी उत्पादन क्षेत्रबाट समेत नमूना परीक्षण ग...

लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने

लमही / दाङको लमहीमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने भएपनि उपचारका लागि जिल्लामा सर्पदंश उपचार केन्द्र नहुँदा धेरैको मृत्यु हुने गरेको भन्दै लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गर्न लागिएको हो । देउखुरी उद्योग वाणिज्य सङ्घको पहलमा बसेको बैठकले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय...

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना

नारायणपुर / दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो । दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति...

स्थानीय निकायका कर्मचारीलाई विभेद गर्न नहुने

दाङ / दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन घोराही उपमहानगरपालिका इकाई समितिको आयोजनामा शनिबार घोराहीमा आयोजना गरेको बृहत् भेलामा बोल्ने वक्ताले स्थानीय निकायका कर्मचारीलाई सरकारले सौतेनी व्यवहार गर्ने गर...

थ्रेसरमा परी बालिकाको मृत्यु

लमही / दाङमा धान दाउने क्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१६ मज्गैका शोमराज चौधरीका ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीका अनुसार आफ्नै खेतको धान दाउने क्रममा मेशिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत...

दुई हजार चारसय परिवारलाई लालपूर्जा वितरण गरिने

अत्तरिया / राष्ट्रिय आवास कम्पनीले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएका दुई हजार ४०० घरपरिवारलाई लालपूर्जा वितरण गर्ने भएको छ । साविकको नेपाल पुनर्वास कम्पनीले वितरण गरी बाँकी रहेका जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित स्थानीयवासीलाई व्यवस्थित गर्न लालपूर्जा वितरण गर्ने भएको हो । राष्ट्रिय आवास कम्पनीका अध्यक्ष मोहन चौधरीका अनुसार कैलालीको जुगेड...

शिख धर्मको संरक्षण गर्नु सबैको दायित्व : मुख्यमन्त्री

रुपन्देही / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको बताउनुभएको छ । श्री गुरु नानकको ५५०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरु नानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेका र पूरै भारतका सबै ग...

पाल्पामा धान उत्पादन वृद्धि

बेझाड / पाल्पा जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । जिल्लाको दोस्रो खाद्यान्न बालीका रुपमा रहेको धान यस वर्ष ३६ हजार ४८५ मेट्रिक टन उत्पादन भएको हो । जिल्लामा आठ हजार ६२० हेक्टर धानखेती क्षेत्रफलमध्ये प्रतिहेक्टर ४.२४ प्रतिशतले उत्पादकत्व वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका क...

अधिकांश पक्की पुल जीर्ण

बाँके / बाँके जिल्लाका विभिन्न सडकमा निर्माण भएका दर्जन बढी साना पक्की पुलहरू जीर्ण बन्दै गएका छन् । निर्माणपछि हालसम्म पनि मर्मत नहुँदा जीर्ण बनेका ती पुल जोखिमपूर्ण पनि भएका छन् । सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी, स्थानीय तह र सडक डिभिजन कार्यालयको उदासिनताका कारण दर्जनौँ यस्ता पुल जीर्ण बनिरहेका हुन् । जमुनाह, कोहलपुर हुँदै चिसापनी ...