काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

जुम्ला (रासस) / अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् । थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परे...

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ / दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ । ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएक...

बीस लाखको आँखा जाँच

नेपालगञ्ज / नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ । यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा...

‘कानून निर्माण नभएकाले जनअपेक्षाअनुसार काम हुन सकेन’ : उमाकान्त झा

बुटवल / प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज यहाँ उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न सकेको छैन भन्नुभयो । प्रदेश प्र...

फोहरलाई मोहर बनाउँदै घोराही उपमहानगर

घोराही (रासस): शहरीकरण बढेर खाली जग्गा घटेसँगै उपमहानगरपालिका र नगरपालिकालाई फोहर व्यवस्थापनको चुनौती थपिएको छ । घोराही उपमहानगरपालिकाले भने त्यही फोहरलाई मोहर बनाउने तयारी थालेको छ । उपमहानगरपालिका हाल दैनिक १६ टन फोहर उत्पादन हुँदै आएको छ । व्यवस्थापन गर्ने स्थान भने एउटा मात्र छ । त्यही फोहरलाई गाड्ने ठाउँ नहँुदा उपमहानगरले फोहरबाट ग्यास र मल ...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रोल्पा / पश्चिम रोल्पाको गङ्गादेव गाउँपालिका–५ पाखापानीमा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिचालिस वर्षीय सुकलाल सार्कीले श्रीमती ३९ वर्षीया देवीसरा सार्कीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ सुत्ने बेलामा विवाद भएपछि घाँटीमा खुकुरी प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको थियो । सन्की ...

चौरजहारीमा बुधबारदेखि उडान शुरु हुने

मुसिकोट / रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः उडान सेवा शुरु हुने भएको छ । १७ महीनादेखि रोकिएको उडान सेवा बुधबारदेखि शुरु हुने चौरजहारी विमानस्थलका स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान काठमाडौँबाट चौरजहारीका लागि नेपाल वायु सेवा निगमको जहाजले उडान शुरु गर्ने बताइएको छ । हप्ताको दुई पटक काठमाडौँ–चौरजहारी...

१२ बजेसम्मका लागि हटाइयो कफ्र्यु , कफ्र्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै

कपिलवस्तु / कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ । आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो । कफ्र्यु हटेपछि भारतीय ...

‘आँखा गुमाउँदा पनि बाघ संरक्षणमा लागेँ’

बाँके/ सूर्यपटुवा–४, बर्दियाका भदै थारु प्रकृतिप्रेमीका रुपमा चिनिनुहुन्छ । प्रकृतिमै रमाउने, प्रकृतिसँगै गुनगुनाउने उहाँ सजिलै शब्द सङ्कलन गर्दै प्रकृतिका गीत गाउन खपिस भएपनि हालसम्म कुनै एल्वम भने निकाल्नु भएको छैन । कर्णाली नदीको कोठियाघाटमा पुल बनेपछि भदैले यस्तो गीत बनाउनुभयो । ‘हात्ती गैँडा हेर साली खाता करिडोरमा मायाप्रिती लगाउ साली...

दरमखोलाको असला माछा विदेशमा कोशेली

  बागलुङ /  विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ । सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही ...