चितुवाको आक्रमणबाट बालकको मृत्यु

दमौली / चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । खाना खाएर हात ...

मुस्लिम समुदायका महिलामा यौन हिंसा बढी

रुपदेही/ लुुम्बिनीको शिवगढियाकी ३२ वर्षीय एक युवती आफ्नै ससुराको यौन शोषणबाट पीडित छिन् । बाबु समानका ससुराबाट दैनिकजसो हुने जबर्जस्ती यौन शोषणका कुरा सुनाउन उनी स्थानीय प्रहरी चौकीसम्म पुग्नुभयो । तर प्रहरीमा लिखित उजुरी हाल्नुअघि उनका ससुराको धम्की आयो । घर तथा गाउँबाटै निकाला गर्नसक्ने ससुराको धम्कीका कारण उनी उजुरी नदिई घर फर्किनुभयो । प्रहर...

दाइजो नदिएको निहुँमा हत्या

जितपुर / कपिलवस्तु गजेहडाकी एक युवती भारतमा मृतावस्थामा भेटिएपछि नेपालमा रहेका माइती पक्षले परिवारले हत्या गरेको बताएका छन् । बाणगङ्गा नगरपालिका–४ की २१ वर्षीय खेमकला सुनार भारतको हरियाना हिसार भन्ने ठाउँमा मृत फेला परेसँगै उनका माइतीले हत्या गरिएको दाबी गरेका हुन् । डेढ वर्षअगाडि हिसार भन्ने ठाउँमा विवाह भएको खेमकलाको यही मङ्सिर १२ गते आफ्नै घर...

ठूलो परिणामा चरेस नष्ट

बझाङ / जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५ किलो चरेस बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा आज उक्त चरेस नष्ट गरिएको हो । सो समयमा प्रहरी गस्तीबाट पक्राउ परेका अ...

नगर क्षेत्रभित्रका विकास आयोजनाबारे छलफल

बुटवल / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोलीले आज नगर क्षेत्रभित्र सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र सङ्घ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे छलफल भएको मुख्यमन्त्रीक...

शेयर बजारप्रति सचेतना बढ्दै

खस्यौली / प्रदेश नं ५ का केही जिल्लामा शेयर बजारप्रति लगानीकर्तालाई आर्कषण गराउने प्रयासको थालनी भएको छ । शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा तालीम र अन्तक्र्रियामा जानकारी दिइएको सफल नेपाल इन्भेष्ट कम्पनी, रुपन्देहीका अध्यक्ष कमल तिवारीले जानकारी दिनुभयो । उहाँले शेयर बजार सचेतनाको काम हुन...

व्यवसायीको हत्या

घोराही / घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा...

पार्किङ गरिएका अटो रिक्सामा आगजनी

राँझा / नेपालगञ्ज उपमहानगरपालिका–१ खजुरा रोडमा पार्किङ गरिएका अटो रिक्सा र एउटा घुम्ती पसलमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । नेपालगञ्जका अब्दुल लतिफ हल्वाइका चार तथा अब्दुल रसिदको एउटा रिक्सामा आगजनी गरिएको हो । अज्ञात समूहले नजीकैको एउटा घुम्ती किराना पसलमासमेत आगजनी गरेको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँग...

वडाध्यक्षको बुढाको निधन

घोराही / घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष लक्षिनप्रसाद बुढाको निधन भएको छ । उहाँको आज बिहान वडा नं १५ मा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि जण्डिसले थलिनुभएका बुढाको काठमाडाँै, भारतको दिल्ली र बैङ्लोरका अस्पतालमा उपचार गरी केही समय अगाडि घर फर्कनुभएको थियो । तत्कालीन नेकपा एमालेका तर्फबाट स्थानीय निकायको चुनाव...

अवैध रूपमा निकासी गर्न लागिएको केराउसहित तीन पक्राउ

राँझा / बाँकेबाट अवैध रूपमा भारत निकासी गर्न लागिएको १२ हजार किलो हरियो केराउसहित तीन जनालाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ । शङ्कास्पद बिल सहित नरैनापुर हुँदै भारत लैजान लागेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनाबाट रु आठ लाख १६ हजार मूल्य बारबरको १२ हजार किलो केराउ पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज तथा प्रहरी निरीक्षक ना...