विद्यालयमा रु एक लाखकोे अक्षयकोष

पाल्पा / पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनरतमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ । कतारको दोहामा बसोबास गर्दै आएको पाल्पालीको संस्था पाल्पाली सेवा समाजले तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माविमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरेको ...

दाङमा पूर्वाधार विकास कार्यालय स्थापना

घोराही / दाङमा प्रदेश नं ५ ले पूर्वाधार विकास कार्यालयको स्थापना गरेको छ । गत मङ्सिर २ गते कार्यालय स्थापना भएसँगै प्रदेशको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास नाम दिएर बजेट समेत विनियोजन गरेको छ । प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत खर्च हुने गरी सडक र पुल निर्माणका लागि करीब रु ७२ करोड छुट्याएको हो । जिल्लाका वि...

गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा छ मोटरसाइकलमा आगजनी

लमही / दाङको राजपुर गाउँपालिका–४ जहरेघाटमा छ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । गोरु तस्करी र स्थानीयबीच विवाद हुँदा स्थानीयले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । स्थानीयवासीका अनुसार गोरु तस्करी भइरहेका बेला गाउँलेले रोक्न खोजेपछि भएको विवादपश्चात् स्थानीयले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहर...

पाल्पा–बुटवल सडक छ घण्टा बन्द

बेझाड / पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि आचार्य...

बङ्गुर चोरी गर्ने दुईजना पक्राउ

तौलिहवा / बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन् । ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन् । दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नाय...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली / बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा रा...

समृद्धिको आधार कृषि : मन्त्री पौडेल

राँझा / प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज यहाँ आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव सङ्कलन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको ब...

विद्यालय भवन निर्माणमा विदेशी लगानी

लमही / दाङको एक सामुदायिक विद्यालयको भवन निर्माणका लागि विदेशी दातृ निकायले सहयोग गरेको छ । क्यानडा सरकारको रु १५ लाख र गाउँपालिकाको रु १५ लाख सहयोगमा गढवा गाउँपालिका–७ को जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माण भइरहेको छ । भवन निर्माणमा क्यानडा सरकारले आफ्नै कामदार खटाएको छ । भवन निर्माण कार्यको ८० प्रतिशत काम पूरा गरेको विद्यालयका प्रधान...

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु, तीन घाइते

लमही / दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

दमौली / तनहुँको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिङ भन्ने ठाउ...